विर्तामोड, झापा — ‘झापाली साहित्य समाज’ तथा ‘उर्जाशील साहित्यिक प्रतिष्ठान’ विर्तामोडको संयुक्त आयोजनामा कथाकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको संयुक्त कथा सङ्ग्रह ‘मञ्जरी’ को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। इसा बुक एण्ड स्टेशनरीले आफ्नो चौथो कृतिका रूपमा यो पुस्तक प्रकाशनमा ल्याएको हो।

‘उर्जाशील साहित्यिक प्रतिष्ठान’का अध्यक्ष डी पी शर्माको अध्यक्षता तथा वरिष्ठ आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ (प्रलेस) झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी र कृतिकार कृष्णप्रसाद मिश्रका पिता पं. अनन्तराम मिश्र विशिष्ट अतिथिका रूपमा मञ्चासिन हुनुहुन्थ्यो।

झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उर्जाशीलका सचिव देवीचरण भण्डारीले शब्दद्वारा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। तत्पश्चात् प्रमुख अतिथि पुण्यप्रसाद खरेल, अध्यक्ष डी पी शर्मा, प्रकाशकका तर्फबाट केशव मैनाली तथा लेखकद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रले संयुक्त रूपमा कथा सङ्ग्रह ‘मञ्जरी’को घुम्टो उघार्नुभएको थियो।

लोकार्पणपछि डा. गोपीकृष्ण खतिवडाले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कथाभित्रका विषयवस्तु, शैली र साहित्यिक मूल्यबारे परिचर्चा गर्नुभयो।

846279765_2164873894100899_8593595399605820418_n

कार्यक्रमको दोस्रो सत्रमा भव्य कविगोष्ठी सञ्चालन गरिएको थियो। सो अवसरमा स्रष्टाहरू हरिप्रसाद न्यौपाने, टङ्क विकल्प, लक्ष्मी रिजाल, गोमा दाहाल, मेघनाथ बन्धु, जानुका गुरागाईं, विरही अधिकारी, माधव टिएन घिमिरे, माधव कल्पित, गगन भट्टराई, चित्रा पौडेल, मन थेगुवा अभागी, केशबहादुर राई, उषा गुरुङ, मुक्तिनाथ तिमल्सिना 'अस्तित्व', उमानाथ दाहाल, सफलता फुयाँल, कृष्ण सुवेदी ‘निराकार’, गीता सुवेदी नेपाल, मिना अधिकारी र हेम तिम्सिनालगायत दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना उत्कृष्ट रचना वाचन गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो।

यसैगरी, कार्यक्रममा प्रमुख अतिथि पुण्यप्रसाद खरेल, विशिष्ट अतिथि लीलाप्रसाद अधिकारी, राजेन्द्र सङ्ग्रौला, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे र प्रकाशक केशव मैनालीले कृतिकारहरूलाई बधाई तथा सफलताको शुभकामना दिनुभयो।

842610452_1138318435432711_5320861366078829926_n

कृतिकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रले कृतिको रचनागर्भ र प्रकाशनको परिस्थितिबारे प्रकाश पार्दै सम्पूर्ण उपस्थित सुधीजनप्रति हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्नुभयो।

सभाध्यक्ष डी पी शर्माले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै, कृतिकारद्वयलाई बधाई तथा शुभकामना दिई सभा विसर्जन गर्नुभएको थियो।

समारोहमा तोयानाथ रेग्मी, लीला खत्री, दीपक रायमाझी, मायामितु न्यौपाने, गोपाल काफ्ले, सुव्रत न्यौपाने, मिलन सङ्ग्रौला, समिरबाबु कट्टेल, शेखर पौडेल, राजकुमार भट्टराई, हेमराज अधिकारी, बसन्त मिश्र, रेजिना रोदन, टङ्कप्रसाद आचार्य, धर्मेन्द्र भट्टराई (मामा), विवेकराज कार्की, कुमार राई, पदम अधिकारी, भगवती ढुङ्गेल, गोपाल दाहाल, दुर्गाप्रसाद सिग्देल, लता खरेल, रत्नश्री मिश्र, जय आचार्यलगायत ७५ जनाभन्दा बढी साहित्यअनुरागीहरूको उपस्थिति रहेको थियो।