भरत भाबुक प्रसाई झापा, क्षितिज नाट्य प्रतिष्ठान झापा पुर्वी क्षितिजमा उदाएको अर्को क्षितिज हो ।

मिति २०५८ सालमा तत्कालीन मेची अञ्चल भरिका युवा प्रतिभाहरुको सामुहिक भेलाबाट पाँचथर जिल्ला फिदिममा यसको जन्म  भएको हो । हाल यो  प्रतिष्ठानका शाखा र उपशाखाहरु प्रदेश नं १ भरि स्थापित छन्  ।

अहिले बाल युवा र बृद्ध गरि ५ सय ८२ जना प्रतिभाहरु प्रतिष्ठान सदस्य रहनु भएको छ । समाज रुपान्तरणको क्षेत्रमा साहित्य कला र रंङ्गकर्म मार्फत कृर्याशिल रहदै आएका छन्  ।

समाजमा बिद्यमान जातीय विभेद कुरीति कुसंस्कार  र अन्धबिश्वास बिरुद्ध गाउँ बस्ती का टोल टोल सम्म पुगेर  नाटकीय माध्यमबाट सचेतना प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

368246032_1697682890680117_3889383176868734485_n

स्थापना काल देखि नै यश प्रतिष्ठानले गाउँ  बस्तीका दुर दराज सम्म पुगेर लागुऔषध न्युनिकरण, महिला हिंसा मानव बेचबिखन वन तथा वातावरण संरक्षण लगायतका यावत् बिषयमा समाजमा सचेतना छर्दै आएको छ ।

२०५९ सालमा धरानमा आयोजित पुर्वाञ्चल नाट्य महोत्सव,२०६४ सालमा काठमाडौमा  आयोजीत  आरोहण राष्ट्रिय नाट्य महोत्सव तथा २०७४ सालमा नेपाल संगीत तथा नाट्य  प्रज्ञा प्रतिष्ठान काठमाडौ  द्बारा इलाममा आयोजीत राष्ट्रिय नाट्य महोत्सव सम्म पुगेर आफ्नो मंञ्चन कार्यमार्फत बिशिस्ट स्थान हासिल गर्दै  राष्ट्र सामु  आफ्नो पहिचान दिन  क्षितिज नाट्य प्रतिष्ठान झापा सफल भएको छ । 

पछिल्लो समयमा  झापाको बिर्तामोडलाई केन्द्र विन्दु बनाए प्रदेश नं १ भित्र बसोबास गर्ने सबै जातजाती तथा भाषाभाषी को सामुदायिक अपनत्व कायम हुने गरि   समुदाय स्तरबाटै  एक ब्यक्ति एक थान इट्टा देखि १ धुर सम्म भुमि दान सहयोग समर्पण अभियान कार्यको सुरु गरि  बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक  घर को निर्माण गरी ब्यवसायिक रंङ्गमञ्चको सुरुवात गर्दै  स्थानिय प्रतिभाहरुले आफ्नो कला बेचेर बाँच्न सक्ने सम्मको ब्यस्थापन गर्न तथा कला र कलाकार को संरक्षण सम्बद्र्धन गर्ने  लक्ष्य बोकेर विगत ४ बर्ष देखि कला मन्दिर को निर्माण कार्यमा हामी  कृयाशिल रहदै को प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले जानकारी दिनु भयो ।

श्रोत साधन र आर्थिक अभावका कारण  पुर्र्वीय  संस्कार संस्कृति रीतिरिवाज परम्परा  र पुर्खाहरुको गौरवशाली इतिहास बचाउन मात्रै हैन पश्चिमेली संस्कृतिबाट हाम्रो पुर्वीय संस्कृति लाई अक्क्षुण राख्न सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर सबै जातजाति तथा भाषाभाषी को सामुहिक  पहिचान झल्काने गरिएको बहुजातीय साँस्कृतिक  संग्रहालय र प्रदेश नं १ कै पहिलो सुबिधा सम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने पबित्र महान र एतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त  नागरिकहरका घर आँगनमा पुग्दै १ थान इट्टा मागिरहेको क्षितिज नाट्य प्रतिष्ठान झापाले जनाएको छ । 

२०७५ साल आषाढ ११ गतेबाट प्रांरम्भ गरेको हाम्रो अभियानले सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर २ करोडको  नाट्य कला मन्दिर निर्माण गरेको छ ।  त्यो अझै पुर्ण हुन नसकी अधुरो रहेकाले यसलाई पुर्णता दिई संञ्चालनमा ल्याउ ५० लाख रुपैयाँको परेको प्रतिष्ठानको भनाइ छ । 

पुर्णताका लागि अहिले  राजधानी सम्म १ थान इट्टा माग्दै प्रतिष्ठान लागि परेको छ । 


जुन जमिन क्षेत्रलाई बिस्तार गरि २०० धुर अर्थात १० कठ्ठा पुर्याउने र सो स् यसै गरि यश प्रतिष्ठानले १ धुर भुमिदान कार्यबाट समुहको नाममा १ सय ४५ धुर यानिकी ७ कठ्ठा ५ धुर जमिन आफ्नै स्वामित्वमा जोड्न सफल भएको छ थानमा प्रदेश बासीकै पहिचान झल्काने गरिको  बहुजाती बहुभाषी बहु साँस्कृतिक संग्रहालय बनाउने हामीले लक्ष्य राखेका  जसको प्रारंभिक लागत अनुमान २५ अर्ब  रहेको छ ।  

        

 सरकार सडकमा बालुवा हालेर तपाईं घर सम्म बाटो र बिजुली   वत्ती पुर्याउनु लाई  बिकास भन्छ । समुदाय भित्र बसोबास गर्ने सबै का मौलिक संस्कृति र पहिचानको संरक्षण गर्नु हरेक नागरिक ले आफ्नो कला संस्कृति र पहिचानको प्रतिपादन गर्दै  एकले अर्को को अस्थित्व स्विकार्न सक्ने सभ्यताको बिकास गर्नु र हर नागरिकको अन्तर मनमा सदाचार सद्बिचार र सद्कर्मको बिकास गरि शब्य शान्त र समुन्नत समाजको परिकल्पना नै सबै भन्दा ठुलो बिकास हो भन्ने हाम्रो ठहर छ  ।

  त्यसैले  सो समाज निर्माणका लागि  एउटा प्रदेश भित्र एउटा सानो समुदायले सडकमा १५ रुपैयाँको एक थान इट्टा मागेर राष्ट्रको पहिचान बचाउन खोजिरहेको अबस्थामा हाम्रो कर्म प्रती सरकार बेखबर छ । हाम्रो   प्रस्थावना र अबधारणा लिएर वडा कार्यालयमा गयो  नगरमा पठाउछ ।

नगरमा गयो हामी संग रकम छैन  प्रदेश तिर जानू भन्छ । प्रदेशमा गयो  यहाँ पनि रकम छैन केन्द्र तिर जानू होस भन्छ  ।

होला भनेर १५ दिन अघिबाट हामी संघिय सरकार लाई हाम्रो अबधारणा र प्रस्थावना पेश गर्न सहयोग गरि हामीलाई हौषला र प्रेरणा प्रदान गरि दिनु हुन आग्रह र अनुरोध गर्न आएको यहाँ त झन हामी भुइ मान्छेहरु सरकारको सामु पुग्नै  सकेनौं  ।  फलामका ढोकाहरु पारगरेर भित्र छिर्ने हाम्रो सामथ्र्य  रहेन ।