भरत प्रसाई   झापाको बिर्तामोड –१ मा रहेको मनकामना कलेज बीएड स्नातक तेस्रो बर्षमा अध्ययनरत छात्रा सम्झना राईले अल्पायुमै देह त्याग गरेको दुखद खबरले क्याम्पस प्रशासन मर्माहत भएको मनकामना क्याम्पसका  प्रमुख प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।

4

इलाम सुर्योदय नगरपालिका लक्ष्मीपुर घर भएकी २४ बर्षीय सम्झना राईले मंगलबार विहान ११ बजे बिर्तामोड १ स्थित आफ्नै कोठामा पासो लागेर झुण्डिएर देह त्याग गरेकी हुन ।

उनले देह त्याग गर्नुको कारण खुल्न सकेको छैन् । मनकामना कलेजकै जेहेन्दार छात्रा राईलाई श्रृद्धाञ्जली समवेदना प्रदान गर्न कलेज प्रशासनले १ दिन सम्पुर्ण पठनपाठन बन्द गरेको थियो ।

7

त्यस्तै आज श्रद्धाञ्जली सभाको आयोजना गरि कलेजमा अध्ययनरत जुनियर र सिनियर विद्यार्थीहरुले भावुक हुँदै राईको आत्माको चिर शान्तिको कामना गरेका छन्  

 मृतक राई कलेजमै स्मार्ट, खेल्कुदमा दख्खल, र जेहेन्दार विद्यार्थी भएको क्याम्पसका शैक्षिक कोओडिनेटर कुमार थपलियाले बताउनु भयो । शोक सभालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख भट्टराईले जीवनको  मोललाई बुझेर जस्तोसुकै परिस्थितीमा पनि संघर्ष गर्नु मानिसको कर्तव्य रहेको बताउनुभयो ।

3

संघर्षबाट हार खाएर हैन संघर्षको मार्गबाट जीवनलाई सरल बनाउनतर्फ लाग्न सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

123 1

शोक श्रदाञ्जली सभामा सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाई, कौटिल्य एजुकेशन फाउन्डेसनका अध्यक्ष कुमार बस्नेत लगायत विभिन्न शंकायका प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।