बाह्रदर्शी  । विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्वी गर्ने उदेश्यले झापाको बाह्रदर्शी ४ चकचकीमा रहेको कानगोई ईङ्गलिस स्कुलले नियमित कक्षा अन्तर्गत प्राविधिक र उद्घाेषण शिक्षा आजबाट सञ्चालनमा ल्याएको छ ।

ff1eeae5-1b05-4bf7-a2b9-d3b113a9f990विद्यार्थीहरुको कलासँगै सिर्जनात्मक क्षमताको विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत समाज र रोजगारीसंग प्रत्यक्ष प्रभावपार्ने  समाजमैत्री शिक्षाको  थालनी गरेको विद्यालयका  प्रधानाध्यापक विमल राजवंशीले बताउनु भयो । 

3333333 1विद्यालयसँगै गाउँ समाजमा आयोजित कार्यक्रममा आफ्ना कुरा विद्यार्थीहरुले निर्धक्करुपमा प्रस्तुत गर्न उद्घोषण शिक्षाले मद्वत पुग्ने विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक एवं सह–प्रधानाध्यापक सुनिल राजवंशीले बताउनु भयो ।

 2c8b1c40-45d6-4c1f-b5a1-b95d5d3bf8c2

उहाँले शिक्षालाई प्रविधिमैत्री बनाउन इलेक्ट्रिसियन शिक्षा शुरुवात गरिएको बताउनु भयो ।

  विद्यार्थीहरुलाई उद्घोेषणकला, बोल्ने कलामा आत्मविश्वास कसरी बढाउने, औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालनका विषयमा  शिक्षा प्रदान गरिने प्रशिक्षक एवं मोफसल अनलाइनका प्रधान सम्पादक, सुर्योदय टेलिभिजनका डेक्स सम्पादक एवं पत्रकार भरत प्रसाईले बताउनु भयो । 

तालिमको पहिलो दिन प्रसाईसँगै मोफसल अनलाईनका बिर्तामोड ब्युरो प्रमुख देव बाँस्कोटाले  प्रशिक्षण दिनु भएको थियो ।

उक्त प्रशिक्षणमा कक्षा ५ देखि ८ सम्मका ४० जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

2b246fd4-3b2a-4c54-bc91-d8ff47006d93

विद्यालयले पछिल्लो समय पढाइसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिदैँ आएको विद्यालयका सह प्राध्यापक राजवंशीको भनाइ छ । 

विद्यालयले नृत्य खेल्कुद र उद्घोषण लगायत दैनिक जिवनमा आवश्यक पर्ने इलेक्ट्रिसियन सम्बन्धि शिक्षा सञ्चालनमा ल्याएको हो ।

भुगोलले दुर्गम स्थानमा भएपनि  शहरी क्षेत्रमा रहेको विद्यालय सरह सेवा र शिक्षा दिन गर्न प्रयासरत रहेका राजवंशीद्वयको भुमिका प्रशंसायोग्य रहको छ । 

ठुलो कम्पाउण्ड, पारिवारीक वातावरण रहेको विद्यालयले आउँदा दिनमा विभिन्न जीवन उपयोगी सामाजिक र प्राविधिक शिक्षा थप गर्दै लैजाने विद्यालय प्रशासनले जनाएको छ ।

daca8ac8-38bb-4a88-83ec-381998ccae08आजै मात्र विद्यार्थीहरलाई कसरी इलेक्ट्रिसियन बन्न सकिन्छ , यसको महत्व के छ भन्ने सम्बन्धमा अभिभावक सहितको प्रशिक्षण कक्षाको उद्घाट्न गरिएको सह–प्रधानाध्यापक सुनिल राजवंशी बताउनु हुन्छ ।

 विद्यालयमा रहेका ४ सय भन्दा बढी विद्यार्थी  शिक्षामा कुनै सम्झौता नगर्ने राजवंशीको भनाइ छ ।