भरत प्रसाई, बिर्तामोड । मेचीमाहाकाली बुहारी संयुक्त आवाजले चलाएको मासिक बचत अभियान अन्तर्गत असोज महिनामा संकलित रकम १५ हजार, बिर्ताज्योती साप्ताहिकका सम्पादक तथा नेपाल प्रेस युनियन झापा शाखाका सदस्य, तुलसीप्रसाद निरौलालाई प्रदान गरेको छ ।

संस्थाका अनुसार डक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराईरहनु भएका निरौलाको उपचारमा थप सहयोग होस भन्ने उदेश्यले सहयोग गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लले जानकारी दिनु भयो ।

बिर्तामोर्ड ६ रमाइलो टोल निवासी निरौलाले मुटुको सल्यक्रिया गरी पेजमेकर लगाई डक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराईरहनु छ ।

करीव ७ लाख खर्च भईसकको बताउने निरौला, सामान्य आर्थिक अवस्था भएका पत्रकार हुन् ।

fddfdfdfdf

उपचार खर्च नपाएर थप उपचार गर्न नपाइरहेको अवस्थामा मेचीमाहाकाली बुहारी संयुक्त आवाजको सहयोगले ठुलो राहत पुगेको निरौला बताउछन् ।

उहाँले रकम हस्तान्तरण को लागी सहजीकरण गर्ने झापा जिल्ला सह(संयोजक गंगादेवि भट्टराई सदस्यहरु रोशनी अधिकारी खनाल तथा चन्द्रा उप्रेतीको टिम आएको यो दःुखको बेलामा मलम बनेर आएको भन्दै मेचीमाहाकाली बुहारी संयुक्त आवाजलाई हार्दिक आभार ब्यक्त गर्नु भयो ।