ब्रह्माजीले सृष्टिको थालनी गर्दा सर्वप्रथम कुखुराको सृष्टि गरे । कुखुरा को सुलि र खरानी मिलाएर मान्छेको सृष्टि प्रारम्भ गरे । हाम्रा धार्मिक ग्रन्थहरुमा यस्तै किंवदन्ती अहिले पनि जीवितै छन्न । यी र यस्तै कुराहरू को सही र गलत छुट्याउन नसकिन आज सम्म संसार भ्रमको तुइन चढेर अडिरहेको छ ।
भ्रमको पर्दा नहुँदो हो त मानव की देबता बन्ने थियो कि दानव १ भ्रमका कारण न मानिस देवता नै बन्यो न दानव । इतिहास बलवानहरुकै लेखिन्छ । त्यसैले समयका कालखण्डहरुमा बिषय बस्तु उपर भुमिका निर्वाह गरेका सत् र असत् पात्रहरूलाई हेरेर उनिहरुका कर्महरुको ब्याख्या गर्दै कसैलाइ दानव र कसैलाइ देवता बनाउने परिभाषाबाट पुर्वजहरुको इतिहास रचिएको पाइन्छ ।
मान्छे अहिले पनि बाँदरबाट हामी कि हामीबाट बाँदर रुरु खोजी कै विषय क्रममा आध्यात्मिक र भौतिकबाद दुबैको बिचमा दौडिरहेको छ । यसरी दौडिरहेका मानिसहरुको भिडमा मिसिएर म पनि रंङ्गमञ्चिय आकाशमा दिग्भ्रमित बन्दै झण्डै(झण्डै ५० बसन्तको हाराहारी सम्म आइ सकेँछु ।
भविष्यमा के बन्ने सपना छ रु कसैले सोध्दा कलाकार भन्ने एउटै वाक्यांश बाहेक दोस्रो विकल्प नबोकी दौडिएको म अहिले पनि कसैले सोधिहाले यसबाट बैराग्य लागेर अर्को विकल्प ब्यक्त गर्नै सक्दिनँ ।
जीवनका आधाभन्दा बढी बसन्त एउटै विधामा समर्पण गरेर आए पनि यो क्षेत्रमा अझै गर्न धेरै बाँकी रहेको मात्र आभाष हुन्छ । क्रान्तिकारी योद्धाहरु परिवर्तनको लागि बिद्रोह गर्छन् । भूमिगत हुन्छन् ।
जेलनेल पर्छन् । हारजितको खेल मा दौडन्छन्न । लामो समयको अन्तराल पछि यथास्थितिवाद ले घुढा टेक्छ । परिवर्तन हुन्छ । क्रान्तिको लामो संघर्ष पछि सत्ता प्राप्ती हुन्छ ।
सांसद, मन्त्री ,प्रधानमन्त्री बन्छन् । तिनका भावीपुस्ता पनि यहि पद्धति पछयाउँदै अर्को विद्रोहको बिकुल पुग्छन् । नाम ,सम्मान,प्रतिष्ठा एैसा आराम र भविष्यको बिलाशीपूर्ण स्वणीर्म सपना र कल्पना बोकेर । मलाई त्यो पद प्रतिष्ठा भोगविलास एैसा आराम कुनै पनि मोह छैन ।
यसबाट कमाउँला खाउला भन्ने पनि कहिल्यै सोचिएन । बरु यो क्षेत्र छाडेर अरु कुनै काम गरेको भए धेरै कमाउन खान सकिने थियो । सपना एकातिर ब्यबसाय अर्को तिर भएको ले मन मानेन म त भए गरेको ब्यबसाय पनि चटक्कै छाडेर परिवार सहित यसैमा समर्पित बन्न पुगेछु । आफ्नो लागि त चरा मुसाले पनि घर बनाएकै छ । छोराछोरी पालेकै छ । हामी त प्राणी मध्येकै सर्वश्रेष्ठ प्राणी ।
कमसेकम बाँचुनजेल समाज र राष्ट्रको हितमा केही त गरेरै मरुँ ११ सधैभरी एउटै कुराले पोलीरह्यो । जुनसुकै समाज शान्त ,समुन्नत र सिर्जनशील बन्न त्यहाँ भित्रको संस्कार संस्कृति, कला साहित्य र सिर्जना को बिकास हुनु पर्दछ । बिकास भनेको तपाईंको घर सम्म मोटर बाटो र बिजुली बत्ती पुग्नु मात्र हैन ।
बिकास भनेको तपाईंकोअन्तर मनमा सदाचार सदबिचार,सदकर्मको बिजारोपण हुनु समाज को सबैभन्दा ठुलो बिकास हो । जसको सुरुवात सर्वप्रथम तपाईं र म बाट हुनु पर्छ । स्वार्थै(स्वार्थले भरिएको गन्तव्य बिहिन राजनीतिबाट विचलनमा परेको सामाजिक सद्भाव र जातीय विभेदको अन्त्य गर्दै सबै जातका थुंङ्गा (थुंङ्गा लाइ उनेर कसरी एउटा सुन्दर माला बनाउने रु शोषक र शोषित बीचको अन्तर द्वन्दलाई सधैंका लागि अन्त्य गर्दै युगौं देखिक महिला माथि हुने शारीरिक हिम्सा ,बोक्सी प्रथा, छाउपडी प्रथा, दाइजो प्रथाको अन्त्य कसरी होला । महंगी, कालाबजारी, भ्रस्टाचारी र बलात्कार जस्ता विद्यमान समस्या विरुद्ध रङ्ग साहित्यको विधा बाट सचेतना प्रभाह गर्न सकिन्न रुरु शान्त ,सुमन्नत र सिर्जनशील समाजको निर्माण को पहिलो आधार नै चेतना हो ।
सबै मानवमा यो चेतना कसरी प्रबाह गर्न सकिएला रु कहिले बाट ब्यबसायिक रंङ्ग मञ्च को सुरुवात होला रुरु यो देशका कलाकार ले आफ्नो कला बेचेर गाँस,बास र कपासको व्यवस्था गर्न कहिले सक्लान रुरु यी र यस्तै सोच बिचारहरु मनमा लिएर रंङ्ग साहित्यका क्षेत्रमा बाल्यकाल देखि नै समर्पित बन्दै दौडिएको म जब जन्म थलो इलामबाट कर्म को खोजी गर्दै २०५३ सालतिर पाँचथर पसेको थिए । पाँचथरमा रहेर पत्रकारीता संगै कलाकारीतामा समर्पित भइरहेको अबस्थामा मिति २०५८ साल आषाढ ११ गते वैधानिक रुपामा तत्कालीन मेची अञ्चल भरिका प्रतिभाहरुलाइ समेटेर पाँचथर जिल्ला को फिदिममा मैले दोस्रो सन्तानको रुपमा क्षितिज नाट्य समूह लाई जन्माए समय को दौरानमा क्षितिज ले मलाई जन्मायो ।
यसको सही उत्तर खोज्ने जिम्मा तपाई श्रोता, दर्शक र पाठक लाइ नै सुम्पेको छु । मलाई लाग्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन । एकको अभावमा अर्को मात्र रहँदा जसरी जीवन अधुरो अपुरो झै महशुष हुन्छ ।
सार्थक बन्दैन । मेरो लागि ठिक त्यही सावित भएको छ । क्षितिज बाट म अथवा म बाट क्षितिज अलग भएको भए सायद यो कृति र कला मन्दिरको जन्म पनि बाबु बिनाको छोरो जन्म्यो आमा नभएको बेला भने जस्तै हुन्थ्यो । यहाँ प्रश्न उठ्न सक्छ संघ संगठन र समुह एक व्यक्तिबाट हैन समूहबाट जन्मिन्छ । यो पनि सत्य हो ।
तर सर्वप्रथम सपना समुहले देख्दैन । एक ब्यक्ति ले नै देख्छ ।
एकले अनेक सँग आफ्ना सपना सुनाए पछि त्यो सपना सहिलाग्ने हरुको समूह बन्छ । सपना उपर छलफल हुन्छ । भावना चाहना र बिचारहरु को मनथन हुन्छ । त्यसलाई बैधानिकता दिइन्छ । अनि सपना साकार तुल्याउन संघर्ष को सुरुवात हुन्छ । त्यो साझा एजेन्डा बन्छ । सबै संगै गन्तव्य को खोजमा दौडन्छन्न ।
यधपी पूरा गर्ने संकल्प सपना सुन्ने कोभन्दा देख्ने को नै बढी हुन्छ । यहाँ हरेक धर्म बाध र सिद्धान्तको प्रतिपादन अंशबाट सुरु भएर समग्रमा फैलिएको पाइन्छ । कलाको एउटा सानो चिचिलो लाई फिदिमको माटोमा जन्माएर तत्कालीन पाँचथर जिल्लाका ४१ गा वि.स.भित्रका दुरदराज र गाउँ बस्ति सम्म पुगेर समाज परिवर्तन का क्षेत्रमा चेतना प्रदान गरियो ।
पाँचथरमै रहदा ५५२ जना प्रतिभाहरु यसै समूह भित्र जन्माउदै । वहाँ हरुकै सामिप्यमा २० वर्षसम्म काखी च्याप्दै अथक प्रयास र प्रयत्न का साथ पूर्वको पबित्र भूमि झापाको बिर्तामोड नगरीमा कहिलै नमेटिने गरी मिति २०७६ साल आषाण ११ गते १इट्टा को अभियान बाट बिधिवत रुपमा बीजारोपण गर्न सफल हुनु मेरो मात्र नभएर सिंगो झापा जिल्ला र प्रदेश बाशी कै एउटा ऐतिहासिक सपना साकार हुनु हो।
भन्ने ठानेको छु । योअभियान क्षितिज नाट्य प्रतिष्ठानको ब्यानरबाट निर्माण भएको झापा नाटक घर को कला मन्दिर सँग आबद्ध कलाकारहरुको मात्र नभएर सिंगो झापावासी साहित्य कला र रङ्ग प्रेमीमहानुभावहरको दिर्घकाल सम्मको साधना गर्ने र प्रतिभाहरुको प्रस्फुटन हुने साझा थलो पनि हो । यसले सबै जात धर्म वर्ग लिङ्ग र समुदायका मानिसहरु लाई समान अपनत्व प्रदान गर्दछ । र भविष्यमा पनि गर्न सक्नुपर्दछ ।
अन्तर मनका भावना र बिचार साँचिकै क्षितिज जस्तै पवित्र महान र अनन्त हुनु पर्दछ । यसको अनुसरण भावी दिनमा आउने नेतृत्वले पनि गर्न सकेमात्र हाम्रो उद्देश्य पूरा हुने छ ।
क्षितिज नाट्य प्रतिष्ठान मेरो सपना को महल र झापा नाटक घर संघर्षको सिढी हो । जुन सडकमा एउटा इट्टा मागेर हरेक दाताले दिएको एक एक वटा इट्टा बाट ६र६ इञ्चि गार्हो जोडिएर बनेको छ । जतिबेला मेरो अन्तर मनले बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण गर्ने सपना देखेको थियो । त्यो बेला सम्म समुहको नाममा नत एक धुर जमिन थियो न त आर्थिक श्रोत नै । थियो त केवल दृढ ,संकल्प सहितको सपना । त्यही सपनाले मलाई निदाउन दिएन ।
म झोलामा समुहको बिधान,लेटर प्याड र अरु आबश्यक कागजात बोकेर समुहका साथिहरुको साथ सडकमा उत्रिए । हामीले बिर्तामोड को मुक्ति चौक देखि मिति(स् २०७५ माघ १८ गते साँझ ६स्०० बजे राष्ट्रपती भवन सितल निवास भित्र सम्म पुगेर नाटक बर्बरीक को मञ्चन गर्यौ । तत्कालीन प्रधानमन्त्री के पि शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारी ज्यु समक्ष हाम्रा सपना, लक्ष्य र उदेश्य सुनायौ ।
वहाँहरुबाट ठुलो साथ र सहयोग पाउने आश्वासन पाएर म अझ हर्षले पुलंकित भए । नभन्दै प्रधानमन्त्री ज्यु कै निर्देशनमा १ महिना नबित्दै अहिले को झापा नाटक घर परिसरमा बाटो र बिजुली बत्ती पुग्यो । अब झन उत्साह थपियो । तपाईं संग छ माटो मातृभुमि र आफ्ना पित्रिहरुको स्मरणमा १ धुर भुमिदान दिनुहोस । छैन तपाईंको नाममा पबित्र भावनाले १ वटा इट्टा मात्र भए पनि दिएर हामीलाई हौषला बढाइ सहयोग पुर्याइ दिनु । हामीले राखेका प्रस्ताव उपर सडकका पेटिमा साग बेच्ने , जुत्ता सिलाउने बगरमा गिटी कुट्ने , ज्यामी ,मज्दुर किसान देखि जेल भित्र कैदी जीवन बिताइ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले समेत खुल्ला मनले १र १ थान इट्टा दिनु भएको छ । हामीले चालेको अभियान बारे थाहापाएर मलाई एक पटक झापा कारागार का कैदी बन्धिहरु द्वारा भेटगर्न बोलाइयो । बिञ्जु मिडिया कर्नरका प्रमुख तथा संञ्चारकर्मी बिजय बरालको साथ म कारागार पुगे ।
वहाँहरु ले यति भावुक भएर भन्नू भयो कि हामी तपाईंको अभियानमा सहयोग गर्छौं । हामी संग रकम छैन । हामी कानुनको भागेदार छौ । सजाय भोगीरहेका छौ । समाजको र कानुनको नजरमा हामी दोषी छौ । हाम्रो शरिरमा बगेको रगतमन कुनै दोष छैन र हामीले दिएको रगत ब्लड बैकमा बिक्छ भने हामी सबै यो अभियान को लागि १र१पौण्ड रगत दिन्छौ । तपाईं ब्लड बैकमा बेचेर इट्टा किन्नु होस् र कलाको मन्दिर बनाउनु होस् । वहाँहरुको यो पबित्र भावना र महान बिचारले म कारागार परिसरमानै भक्कानिएको थिए । कसैले अभियानलाई स्वीकारेर रगत सम्म दिन्छु भने । कसैले अभियान छाड नत्र तेरो रगत लिन्छौ सम्म भने ।
एकजना नाम चलेको निकै आशलाग्दो ब्यक्ति जो संग समय लिएर हामी भेट्न गएका थियौं गेटैबाट भनाइ खाइयो । म अनुत्पादित क्षेत्रमा लगानी गर्दिन । मेरो मा अब देखि नआउनु । तपाईंहरु जानुहोस् । हामी हुन्छ हजुर मात्र भनेर फिर्यौ । अर्को एकजना उस्तै प्रतिष्ठित ब्यक्ति जसले आफ्नो पद र प्रतिष्ठाको आडमा तँ पागल, बहुला, फटाहा होस् ।
नाटक घरको बिषय लिएर म रहुन्जेल यो कार्यालयमा नआउनु म तलाई हिरासत पुर्याउँछु । आलेप,मलेप लगाएर समात्छु । सम्म भन्नू भयो । वहाँ को भनाइ बाट मलाई यति ठुलो प्रेरणा मिल्यो कि म साँच्चिकै पागल जस्तै भए । कहिल्यै बिचल्लीमा परिन । बरु ती बाणीहरुबाट यति धेरै उर्जा मिल्यो कि अब म केही गरेरै छाड्ने छु भन्ने दृढ संकल्प गरेँ । ठुलो आशा र भरोषा बोकेर एक बिहान म लगायत समुहका केही साथिहरु अर्को प्रतिष्ठित मान्यजनको घरमा पुग्यौं । वहाँ ले हाम्रो कुरा सुन्ने बितिकै तपाईं चर्चा परिचर्चा र उचाइ नभएको मान्छे । भर्खरै यहाँ आएर बसोबास गरेको । तपाईं लाई कसैले चिन्दैन । पत्याउदैन ।
यो तपाईंको कोरा कल्पना हो । छोराछोरी पालेर ब्यबसाय चलाएर बस्नु । हामीले त नसकेको ठाउँमा तपाईंलाई कस्ले पत्याउछ रु कस्ले दिन्छरुरु एउटा इट्टा मागेर तपाईं अडाइकरोड को नाटक घर बनाउने रुरु तपाईं ले कहिले अडाइ करोड देख्नु भएको छ रुरु कति इट्टा जोड्दा अडाइ करोड पुग्छ रु यी र यस्तै कुराहरु गरेर पठाउनु भयो । मान्छे न हो केही भेटे पछि उडाउने र कुरा काट्ने को बाढि नै चल्यो ।
छोराछोरी समेत बिगारेर नौटंकी गर्दै हिडेको । कस्तो मान्छे छिमेकी हुन आइलाग्यो रुरु सुनेर पनि म धेरै पटक नसुने जस्तो भएर हिडेँ । कति पयले सार्वजनिक रुपमै जाली ,फटाहा, भु(माफिया अरु कुनै काम गरेर खाने बाटो नभेटेपछि कमाउन आएको ठगी खान आएको सम्म भन्नू भएको छ । तत्कालीन एकजना मान्य सांसद ले त अरुका कुरा सुनेर वास्तविक केहो भन्ने सम्म नबुझी मलाई फोनबाटै गाली गर्नु भयो । अरुको सम्पत्ति हत्याएर समाज सेवा गर्ने रुरु म तिमिलाइ कार्बाहि गरेर छाड्छु । साथी तिमी के गर्दैछौ । बिचार पुर्याएर गर । तिम्रो यो नौटंकी तु बन्द गर नत्र नराम्रो होला । यो वहाँ कै भनाइ थियो । यति सम्मकी मिति (स् २०७९ साल फाल्गुण (१६ गते बिहिवार एक परिचित र एक अपरिचित ब्यक्तिहरुले मलाई निर्माणाधीन नाटक घर भित्रको एउटा कोठामा बिहान ६ बजे देखि दिउसो १स्०० बजे सम्म पानी पनि पिउन नदिइ बन्धक बनाएर राख्नु भएको छ । वहाँहरुको योजना मलाई एउटा कागजमा जवरजस्ती हस्ताक्षर गराउने । पहिलोपटक प्राप्त भुमि दान होइन ।
स्थानीय सरकार कै पहलमा मिति २०७९साल फाल्गुण २९ गते सोमबार बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतारा प्रसाइ, संरक्षक द्बय राजकुमार पोखरेल, राजेन्द्र कुमार बस्नेत , निर्माण उपभोक्त समिति अध्यक्ष प्रेम कुमार खरेल, प्रतिष्ठानका बरिष्ट उपाध्यक्ष हरि प्रसाद भण्डारी र म आफै सम्मिलित बैठक नगर पालिका कार्यालय मा नै सम्पन्न भयो । यसरी धम्की दिने ब्यक्ति कुनै सामाजिक प्रतिष्ठार जिम्मेवार ब्यक्ति नभएको ठहर गर्यो । ती कसैद्बारा परिचालित ब्यक्ति को हर्कत उपर घोर भर्षना गर्दैन । प्रतिष्ठानका संरक्षक ,सामाजिक एवम् धार्मिक ब्यक्तीत्व आदरणीय राजेन्द्र कुमार बस्नेत ज्युलाइ यी सबै कुराहरूलाई समन्वय गरि तत्काल जग्गा पास सम्मको बिषयलाइ सहजिकरण गरि कार्यअगाडि बढाउन जिम्मेवारी प्रदान गरियो ।
दाताहरूले दिनु भएको १र१ इट्टाको रकम भेला गरेर जमिन त कीनियो तर जग्गाको सबै रकम बुझाए र पनि जग्गा पास हुन नसक्ता २ बर्ष मुद्दा को तारिख धाउनु पर्यो । यस्ता अमानवीय र कारुणीक क्षणहरुबाट कहिले भक्कानिदै कहिले बिप्क्षिप्त बन्दै भए पनि म कहिल्यै अभियान छाडेर भाग्न सकिन । अर्को थरि कोशी प्रदेश भरी बसोबास गर्ने सबै जातजाति भाषाभाषीका देबतारुपि दर्शक तथा दातामहानुभावहरु जसको धन मात्रै हैन पबित्र मन पनि जोडिएको छ । हरेक दाताले दिएको इट्टारुपि भावनाहरु जोडिएका छन्न ।
हामी नाट्य कला मन्दिर सहितको साँस्कृतिक संग्रहालय भित्र सबैका रहनसहन भेषभुषा संस्कार संस्कृति संरक्षण गर्दै सबैमा सामुहिक अपनत्व कायम हुनेगरी बहुजाति बहुभाषी बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटकघर निर्माण गर्ने जीवनको अन्तिम लक्ष्य लिएर अघि बढेका छौ । यी लक्ष्य मध्ये नाटक घर को मात्र प्रारम्भ भएको छ ।
मुख्य लक्ष्य र उद्देश्यमा पुग्न अझै हामीलाई तमाम नगर तथा प्रदेश बासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु को साथसहयोग सुझाव सल्लाह र प्रतिक्रिया को खाँचो छ । हामीले पवित्र मनले पारदर्शिताका साथ कुनै पनि लोभ मोहको कुण्डमा नडुबी त्यो भन्दा माथि उठेर असल कर्म गर्न सके असफल भन्ने कुरा कतै पनि देखेको छैन ।
सानो सपना बोकेर सडकमा नाटक मञ्चन गर्ने उद्देश्यले स्थापना भएको समुह आज आफ्नै घर जग्गा जमीन र प्रतिष्ठाका साथ प्रतिष्ठानमा रुपान्तरण भएको छ । गर्भबाट जन्माएर हुर्काउदै र बढाउदै एउटा अमरत्वको छाप छाड्ने गरि यहाँसम्म आईपुग्नु कुनै सपना र जादुको छडी होइन ।
यो हाम्रो अर्जुन दृष्टिका साथ को अथक प्रयास र प्रयत्न को प्रतिफल हो । स्थापनाकालदेखि यहाँसम्म आइपुग्दा अविछिन्न मलाई साथ दिनु हुने मेरो जीवनको मात्र नभएर संगठनको समेत सहयात्री सूजना ,छोरी समीक्षा र छोरा समीन साथै संस्थाका स्थापना कालका संस्थापक पदाधिकारी साथीहरु देखि १८ औ महाधिवेशन सम्म प्रतिष्ठानलाइ ल्याइपुर्याउन अनवरत रुपमा लागि पर्नुहुने वर्तमान कार्यसमिति व्यवस्थापन समिति उपभोक्ता समिति अनुगमन समिति संगठन बिभाग सबै बिभागीय समिति का पदाधिकारी कलाकार साथिहरु समाजका लब्ध प्रतिष्ठित सल्लाहकार तथा दाता महानुभावहरु सबै( सबैमा ऋदय देखि नै उच्च सम्मानका साथ आभार प्रकट गर्दछु ।
म सँग जोडिएको क्षितिज र क्षितिज सँग जोडिएको म भित्रको एउटा ऐतिहासिक कला मन्दिर को बिजारोिण गर्न भूमिदान गरी मन्दिर र यो कृतिको जन्म मा सु(अवसर प्रदान गरिदिनु हुने तपाईं जमिनदाता महानुभाव र पबित्र मनले आफ्नो गच्छेअनुसार को यावत खाले अमुल्य सहयोग पुर्याउनु हुने मान्यजन प्रती जति शब्द लेखे पनि अधुरो र अपुरो नै हुन्छ । सायद म र मैले नेतृत्व गरेको यो समूह प्रति उहाँको विश्वास र कला प्रतिको समर्पण नभएको भए हामी भक्त र पुजारी त हुने नै थियौं । तर मन्दिर र मूर्ति असम्भवजस्तै थियो ।
यो मन्दिरको पहिलो देवताः मैले तिनै दानबीर मन र भावना भएका मान्यजनहरुलाई नै ठानेको छु । झापा नाटकघर निर्माण को यो अभियान मा प्रारम्भदेखि नै मलाई कतै कसैबाट विचलन हुन नदिइ सदैव पवित्र भावनाले समर्पित बन्दै मनमा चिन्ता र काँधमा जिम्मेवारी बोकेर जस्तोसुकै परिवेशमा पनि लक्ष्य र उद्देश्य प्राप्तिका लागि हौषला र प्रेरणा प्रदान गर्दै आफु समेत यो अभियानमा जोडिएर अहो रात्र लागि पर्नु हुने संस्थाका संस्थापक निर्माण व्यवस्थापन समिति संयोजक स्वर्गीय ज्ञानु राम प्रसाइ ज्यु प्रती सिंङ्गो प्रतिष्ठान र मेरो ब्यक्तिगत तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईं ले देखाएको बाटो र तपाईंको अधुरो सपना पूरा गर्न म मेरो जीवन रहे सम्म लागि रहने प्रण र प्रार्थना गर्दछु । लाग्छ यो नै मेरो वहाँ प्रतिको साँचो श्रद्धाञ्जली पनि हो ।
यसै गरि बिर्तामोड नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत पशुपति खतिवडा , बिर्तामोड नगरक्षेत्र कै अग्रणी ब्यक्तितब तथा समुहका संरक्षकद्वय श्री राजकुमार पोखरेल, आदरणीय राजेन्द्र कुमार बस्नेत तत्कालीन बि।न।पा।वडा नं (१ का वडाअध्यक्ष श्री अग्नि प्रसाद पाण्डे , नाटक घरका निर्माण उपभोक्त समिति संयोजक तथा तत्कालीन वडा जनप्रतिनिधि प्रेम कुमार खरेल , अनुगमन समिति संयोजक श्री भोजकुमार मास्के ,बि एण्ड सि टिचिङ्ग अस्पतालका प्रमुख आदरणीय दुर्गा प्रसाइ, सहारा नेपाल का कार्यकारी अधिकृत श्री महेन्द्र कुमार गिरी प्रतिष्ठानको श्रीबृद्दिका क्षेत्रमा अहोरात्र लागि पर्नु हुने बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाइ तथा उप प्रमुख श्री नगेन्द्रप्रसाद संग्रौला ज्यु लगायतका व्यक्तिहरुलाई मैले प्रेरणाका श्रोतको रुपमा लिएको छु ।
झापामा रहेर सुरु गरेको यो अभियानमा जोडिएर हरेक क्षेत्रमा सहयोग सुझाव सल्लाह र हौसला प्रदान गर्नु हुने सबै सहयोगी मान्यजनहरु जस्लाइ म जीवनको अन्तिम पल सम्म पनि संम्झिरहन सकुँ ।
यो अभियानको म केबल प्रतिनिधि पात्र मात्र हुँ । यसको सार्थक अभियन्ता त ती हुन जसले एक इट्टा देखि एक धुर भन्दा माथि जमिन भूमि दान गरेर सहयोग पुर्याउनु भएको छ । हामीलाई सुझाव सल्लाह हौसला र प्रेरणा प्रदान गर्नुभयो । यति ठूलो र ऐतिहासिक सपना साकार पार्न लागि पर्नु हुने स्थानीय सरकार ।
तत्कालीन प्रदेश सरकारका अर्थमन्त्री माननीय श्री इन्द्र कुमार आङ्गबो । संधीय सरकारका सम्माननिय सभामुख श्री देवराज घिमिरे ज्यु जसले नाटक घरको प्रारम्भ देखिनै अतुलनीय साथ सहयोग सुजाभ सल्लाह प्रदान गर्नु भएको छ । म यसको प्रतिनिधिपात्रको नाताले सधैं सबैप्रति कृतज्ञता ज्ञापन गर्दछु । जोबाट महिले जीवनभर जसरी साथ र सहयोग मागे त्यो तपाईहरुले दिनुभएको विश्वास रुपी नासो लाई मैले कहिल्यै आफ्नो स्वार्थ र समस्यापूर्तिको खातिर खर्च गरौं भन्ने कल्पनासम्म गर्न सकिन ।
कुनै पनि सामाजिक कार्य गर्दा आइपरेका आरोह(अवरोह आरोप(प्रत्यारोप बाट म कहिल्यै एक कदम पनि विचलित नभई अघि बढिरहँदा आज तपाईहरुकै प्रेरणाले यहाँसम्म आउन सफल भएको छु ।र छौ पनि । आशा छ अझै बाँकी अधुरा कार्य पूरा गर्न तपाईहरु सबैको साथ र सहयोग यसरी नै निरन्तर मिल्नेछ ।
अबका दिनमा मेरो चिन्ता भनेको आफू पछि असल उत्तराधिकारी जन्माउन सकौ । जहाँबाट संस्कार र संस्कृति ले भरिपुर्ण कलात्मक सिर्जनाहरु समाजलाई पस्कन सकियोस् । पुर्बी नेपालको भ्रमणमा आएका आन्तरिक र वाह्र पर्यटकहरु समेत ठोकीने गन्तव्य बन्न सकोस् । झापा नाटक घर र साँस्कृतिक संग्रहालय । हरेक जात र धर्मका मानिसहरुले त्यहाँ भित्र आफ्नो पुस्तकको गरिमा देखेर गर्भ गर्न सकुन् ।
हाम्रो अस्तित्व पश्चात पनि बाँकी अधुरा सपना पूरा गर्न र यसको श्रीवृद्धिका लागि आउदो पुस्ताका उत्तराधिकारीहरु सदैव पवित्र मन वचन र कर्मले समर्पित भएर सद्कर्ममा लागि रहुन् । प्रतिभा हरुलाई व्यवसायिक बनाउँदै समाज रूपान्तरणमा अग्रणी भूमिका निभाउन सकुन् ।
अन्त्यमा महिले मेरो सबै जीवन रङ्ग मञ्चीय क्षेत्र को यसै कला मन्दिर र क्षितिज नाट्य समूह मा नै समाहित गरिसकेको हुँदा जीवनको अन्तिम सास यसै कला मन्दिरको छानो भित्र छाड्दै विश्राम लिन सक्छौं । जय साहित्य , जय रंङ्गमञ्च ।