काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको परेको सौर्यको जहाजका क्याप्टेन मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरि अस्पताल लगिएको थियो ।
क्याप्टेन शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार शाक्यको आँखामा चोट लागेको छ । उनको अवस्था भने बोल्न सक्ने रहेको बताइएको छ ।
आज ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको छ । जहाजमा चालकदलका २ सदस्यसहित १९ जना सवार थिए। जहाजमा सवार सवै सौर्य एयरकै कर्मचारी रहेको मैनानीले जानकारी दिए।














