काठमाडौंमा केन्द्रीय कार्यालय र जिल्लामा शाखा कार्यालय रहने परम्परागत संरचनालाई परिवर्तन गर्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालले पाँचथरमा केन्द्रीय कार्यालय, झापामा केन्द्रीय सम्पर्क कार्यालय तथा काठमाडौंमा जिल्ला शाखा विस्तार गरेको छ।

जमलस्थित होटल एलोप्यागोडामा आयोजित भेलाले दिवाकर मानसिंह बस्नेतको अध्यक्षतामा १३ सदस्यीय काठमाडौं जिल्ला शाखा समिति गठन गरेको हो।

b26fc523-2228-49ff-8c16-7c28e9101c54प्रतिष्ठानका सल्लाहकार तथा सामाजिक–धार्मिक व्यक्तित्व दिलविकास राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका रङ्गमञ्च विभाग प्रमुख विजय विष्फोट प्रमुख अतिथि तथा सामाजिक व्यक्तित्व अनिल योगी  बसन्त थापा ,बिष्णु अधिकार डा. रमेश शुभेच्छु , बिर्ताज्योति साप्ताहिक झापाका प्रधान सम्पादक तुलसी प्रसाद निरौला ,रमेश बस्नेत लगायतको विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो  ।

नवगठित समितिको उपाध्यक्षमा रेनुका देवी खरेल, उपाध्यक्ष राजु श्रेष्ट्ट ,महासचिवमा दिनेश पाख्रिन, सचिवमा तुलसा खत्री र कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा  गायिका जुनु रिजाल , श्रद्धा दियाली,पुष्पराज भण्डारी प्रकृति श्रेष्ठ, लोहनी, बाबुराम घिमिरे, इन्दु भण्डारी, लीलादेवी श्रेष्ठ , विकास चौधरी, शुष्मिता अधिकारी  शान्ता पागुङ, सावित्रा  थापा,रमेश बस्नेत रहेका छन्।यसै गरि नाट्य प्रतिष्ठान को प्रवास विभागमा रहेर काम गर्ने गरि लण्डन निवासी आर पि लामिछानेलाइ प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको  छ । 

त्यसैगरी सल्लाहकार समितिको संयोजकमा दिलविकास राजभण्डारी, सदस्यसचिवमा बनेपाका पूर्वमेयर गणेशबहादुर श्रेष्ठ, कानुनी सल्लाहकारमा रामशरण घिमिरे तथा  सस्थापक सल्लाहकार सदस्यमा डा. रमेश शुभेच्छु रहेका छन्।

कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका प्रधान सम्पादक तुलसीप्रसाद निरौला, प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईं, चलचित्र विभाग प्रमुख सविता रेग्मी, साहित्य विभाग केन्द्रीय सदस्य अञ्चु सुवेदी ,हास्यकलाकार गंगाप्रसाद प्रसाईं, केन्द्रीय सदस्य संगीता कट्टेल उप्रेतीलगायतको उपस्थिति थियो।

fab9f055-6a35-4213-9334-38df7601c071

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय विष्फोटले क्षितिज नाट्य प्रतिष्ठान झापाले अघि बढाएको ‘एक इट्टा अभियान’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राप्त गरेको सम्मान तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितको निरन्तरको प्रयासको प्रतिफलस्वरूप संस्था यो उचाइमा पुग्न सफल भएको बताए।

त्यस्तै इन्द्रेणी परिवारका प्रमुख कृष्ण कँडेल र डा. रमेश शुभेच्छुले क्षितिज नाट्य प्रतिष्ठानले नेपाली रङ्गमञ्च तथा कला–संस्कृतिको क्षेत्रमा अघि बढाएका गतिविधि उल्लेखनीय रहेको बताउँदै नवगठित काठमाडौं जिल्ला शाखालाई सफल कार्यकालको शुभकामना दिए।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले आगामी पाँच वर्षभित्र काठमाडौंमा प्रतिष्ठानकै स्वामित्वमा सुविधा सम्पन्न नाटकघर निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेका छन्।

उनले काठमाडौंमा जिल्ला शाखा विस्तारसँगै राजधानीबाट पनि नेपाली रङ्गमञ्च, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए।

झापामा नागरिकको सहभागितामा ‘एक इट्टा अभियान’मार्फत नाटकघर निर्माणको अभियान अघि बढाएका छौं। अब काठमाडौंमा पनि प्रतिष्ठानकै स्वामित्वमा सुविधा सम्पन्न नाटकघर निर्माण गर्ने लक्ष्य लिएका छौं अध्यक्ष कल्पितले बताए।

उनका अनुसार काठमाडौं शाखाले राजधानी लगायत देशै भर रहेका रङ्गकर्मी, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीलाई एउटै संस्थागत अभियानमा जोड्दै नाट्य गतिविधिको विस्तार, प्रशिक्षण, प्रस्तुति तथा सांस्कृतिक संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ।

क्षितिज नाट्य प्रतिष्ठानले रङ्गमञ्च, साहित्य, कला, संस्कृति तथा बहुजातीय सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। काठमाडौं जिल्ला शाखाको विस्तारलाई प्रतिष्ठानको संस्थागत विस्तारसँगै राजधानीमा नाट्य गतिविधिलाई थप व्यवस्थित बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।