बिर्तामोड, झापा — धर्म र संस्कृति संरक्षण गर्दै टोलवासीबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने उद्देश्यले बिर्तामोड–१ स्थित काली मन्दिर परिसरमा १०८ दीप प्रज्वलन तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सिरिजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्थाका अध्यक्ष तिलक नारायण श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको परिकल्पना, संयोजन तथा व्यवस्थापन संस्थाका सचिव भरत भावुक प्रसाईले गर्नुभएको थियो भने सहजीकरण तथा सञ्चालन पनि उहाँले नै गर्नुभएको थियो।

0cd1a4ed-4609-4dc1-9a53-dada1d585293

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक गणेश गौतमले उपसमिति गठनपश्चात् नयाँ कार्यसमितिले मन्दिरको रंगरोगन, सौन्दर्यकरण र दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले समाजमा ‘अरूले गर्छन्’ भनी मुख ताक्ने प्रवृत्ति चिर्दै टोलवासीहरूले आफ्नै तर्फबाट सक्रिय सहयोग र अपनत्व ग्रहण गरे मात्र धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको काली मन्दिरको दिगो संरक्षण गर्न सकिने बताउनुभयो।

प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डेले दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै उहाँले बिर्तामोड वडा नम्बर १ भित्र रहेका ३६ वटा टोल विकास समितिमध्ये सिरिजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्था सृजनशील र सामाजिक गतिविधिमा अब्बल रहेको प्रशंसा गर्नुभयो। साथै, मन्दिर व्यवस्थापन र भौतिक पूर्वाधार विकासका लागि वडाको तर्फबाट आवश्यक सम्पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।

3ec8198d-f5d5-4d8c-85fe-2deaef1b1974

कार्यक्रममा काली मन्दिरको रंगरोगन, सौन्दर्यकरण, चमेनागृहको पर्दा खरिद तथा अन्य व्यवस्थापनका लागि विभिन्न व्यक्तित्व र संघ–संस्थाहरूबाट उदार सहयोग प्राप्त भएको छ:

  • रेखा आङबोहाङ (जग्गादाता स्वर्गीय नरेन्द्र आङबोहाङकी कान्छी बुहारी): मन्दिर व्यवस्थापन तथा रंगरोगनका लागि २१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको आर्थिक सहयोग।

  • अमृत स्टोर (द्रौपदी पौडेल): संस्थाका लागि २१ हजार रुपैयाँभन्दा बढीको साउन्ड सिस्टम हस्तान्तरण।

  • राजन दाहाल (प्रगति टोल विकास समितिका अध्यक्ष): मन्दिरको स्तर उन्नति र व्यवस्थापनका लागि १५ सय रुपैयाँ आर्थिक सहयोग।

  • पाथिभरा भजन कीर्तन मण्डली: मन्दिरको स्तर उन्नतिका लागि ५ सय ९५ रुपैयाँ आर्थिक सहयोग।

  • भरत प्रसाई (संस्थाका सचिव): मन्दिरमा दीप प्रज्वलनका लागि १०८ बाती, तेल र दियोको सम्पूर्ण व्यवस्थापन।

  • तिलक नारायण श्रेष्ठ (संस्थाका अध्यक्ष): चमेनागृहको वरिपरि झिलिमिली बत्तीको व्यवस्थापन।


    19f9298c-a2d3-4

    समाजका ज्येष्ठ आमा द्रौपदी पौडेलले अरूको भरमा मात्र बसेर समाज नबन्ने हुनाले सबैले हातेमालो गरेर मन्दिर र टोललाई व्यवस्थित र साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने प्रेरणादायी मन्तव्य दिनुभयो।

    पाथिभरा भजन कीर्तन मण्डलीका अध्यक्ष मदन पाठकले स्थानीय टोलवासीको मनलाई धर्मसँग जोड्दै सामाजिक एकता जागृत गर्ने यो कार्यक्रम अत्यन्तै भव्य र सराहनीय रहेको बताए।

    583b3709-7f70-44a1-bd23-c31c6प्रगति टोल विकास समितिका अध्यक्ष राजन दाहालले धर्म, संस्कृति र समाज एकअर्काका परिपूरक भएको चर्चा गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्न टोलका समस्याहरू मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।


    c009743d-282a-42c7-b6ea-4e770ab57b37


    त्यस्तै, वडा नम्बर १ का वडा सदस्य तथा संस्थाका संरक्षक योगचन्द्र आङबोहाङले छोटो समयमै नयाँ कार्यसमितिले उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा काली मन्दिरको जग्गा दर्ता तथा भौतिक पूर्वाधार निर्माणमा व्यक्तिगत र वडागत रूपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धতা व्यक्त गरे।

    6407ec56-42a0-468e-8eab-43a0ff8a72c9कार्यक्रमका बीच पाथिभरा भजन कीर्तन मण्डलीका पदाधिकारीहरूले प्रस्तुत गरेका भक्तिरसयुक्त भजनहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो। साथै, स्थानीय बालप्रतिकारहरू र कलाकारहरूको आकर्षक नृत्यले कार्यक्रममा विशेष रौनक थप्यो:

    • नव्या सिलवाल (गंगा सिलवालकी छोरी) ले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।

    • शाखा सरगम संगीलयका कलाकारहरू रेश्मा दाहाल, सान्वी कार्की, स्वस्तिका राजवंशी र अकिता पौडेलद्वारा प्रस्तुत नृत्यले कार्यक्रममा थप ऊर्जा प्रदान गरेको थियो।

      edfdc725-0530-4ade-bb3f-eaadec095ba6

      कार्यक्रममा शाखा सरगम संगीत विद्यालय पञ्चकन्याका सञ्चालक दिलकुमार लिम्बु, सविता लिम्बु, संस्थाका सल्लाहकार संयोजक भोजकुमार मास्के, सल्लाहकार झलक सिंह राजवंशी, सल्लाहकार कमलसरी राजवंशी, कार्यसमिति सदस्य नरेन्द्र राउत, मिरा ढकाल, सचिव भरत प्रसाई, कोषाध्यक्ष जयन्ती खनाल, कार्यसमिति सदस्य पुष्प खनाल लगायतको उपस्थिति रहेको थियो

      f1ec1962-8278-474e-ac02-3ba6219f99ab

      यसैगरी, स्थानीय टोलवासीहरू तथा विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो, जसमध्ये गङ्गा सिलवाल, ९० सिलवाल, पवित्र प्रसाई, टुनकुमार राजवंशी, अमृत पौडेल, राजेन्द्र खुम्बु राजवंशी, टुपल राजबंशी, सुपल राजवंशी, सबिना राजवंशी, बिमला चौधरी, मनकुमारी राजवंशी, मीरा राजवंशी, फूलकुमारी राजवंशी, जसोदा राजवंशी, गीता राजवंशी, सविता लिम्बु, पुनमकरण, गीता राजवंशी, चन्द्र लिम्बु, द्रोपति राजबंशी, शर्मिला बिमली, अध्यक्ष राजवंशी, ज्ञानेन्द्रकुमार कर्ण, तुलसा पाठक कडरिया, मुक्तिनाथ अधिकारी, रिसमा दाहाल उपस्थित हुनुहुन्थ्यो।

      77777777777777777777777

      साथै, पाथिभरा भजनकीर्तन मण्डलीको तर्फबाट अध्यक्ष मदन पाठक, तुलसा पाठक, कडरिया, सावित्रा अधिकारी, कल्पना बराल, मिरा ढकाल, अन्जु मैनाली, धनमाया भट्टराई, पवित्र प्रसाई, हिमाल ढकाल, गीता केसी, रवि केसी, श्रेया राजवंशी, बबिना राजबंशी, गगन सिलवाल लगायत सयौँ स्थानीय टोलवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।