कला

रणबीर र यशको अभिनयबाट प्रभावित संदीप रेड्डी, भने– दुवैले कमाल गरे

कार्तिक २०, २०८३ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

२० कात्तिक, काठमाडौं । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ ले प्रदर्शनमा आएदेखि नै दर्शक तथा बलिउड सेलिब्रेटीको प्रशंसा पाइरहेको छ। यसैक्रममा ‘एनिमल’ का निर्देशक संदीप रेड्डी वांगाले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन्।

फिल्म हेरेपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै वांगाले रणबीर कपूर र यशको अभिनय तथा पर्दामा उनीहरूको उपस्थितिको प्रशंसा गरेका हुन्।

उनले लेखेका छन्, ‘यदि तपाईं राम र रावणको भव्यता महसुस गर्न चाहनुहुन्छ भने कृपया रामायण हेर्नुहोस्। रणबीर कपूर र यशले आफ्ना पात्रलाई शानदार ढंगले प्रस्तुत गरेका छन्। पर्दामा दुवैको उपस्थिति निकै दमदार छ। मलाई यो फिल्म निकै मन पर्‍यो।’

वांगाले फिल्मका निर्माता नमित मल्होत्राको समेत प्रशंसा गरेका छन्। कुनै फिल्मप्रति यति धेरै समर्पित निर्माता आफूले अहिलेसम्म नदेखेको उनको भनाइ छ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ मा रणबीर कपूर भगवान् श्रीराम, साई पल्लवी माता सीता, रवि दुबे लक्ष्मण र यश रावणको भूमिकामा देखिएका छन्।

फिल्म दुई भागमा निर्माण गरिएको छ। यसको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शनमा आएको हो भने दोस्रो भाग सन् २०२८ मा रिलिज हुने बताइएको छ।

  • १३ पटक पढिएको
पर्दाको भ्रम र यथार्थको कसीमा रहेको कबड्डी ५ ले कानुनी राज्य र प्रहरी प्रतिष्ठा माथिको गम्भीर प्रश्न ✍️ सुमन पर्दाको भ्रम र यथार्थको कसीमा रहेको कबड्डी ५ ले कानुनी राज्य र प्रहरी प्रतिष्ठा माथिको गम्भीर प्रश्न ✍️ सुमन

म प्राय फिल्मको दुनियाँमा रमाई रहने मान्छे होइन । अहिले सम्म औँलामा गन् ...

झापामा नाट्य तथा साहित्यको वर्तमान अवस्था र क्षितिजको अग्रणी भूमिका झापामा नाट्य तथा साहित्यको वर्तमान अवस्था र क्षितिजको अग्रणी भूमिका

| माधव 'कल्पित' |झापा नेपाली साहित्य, कला र रंगमञ्चको क्षेत्रमा लामो समयदेख ...

  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic