झापाको बिर्तामोड-३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा एक विशेष कार्यक्रमका बीच देउसी–भैलो खेल्दै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा विद्यार्थीहरूले परम्परागत भेषभूषामा विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य र देउसी-भैलो प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडा सचिव हिमा पोखरेल रहेकी थिइन् ।

2ff7318f-52e6-4c6a-a3a9-c3cce1ccc41cसोही अवसरमा रक्षा तिम्सिना लगायतको टिमले देउसी-भैलोसहित गीतहरू प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई मन्त्रमुग्ध बनाएका थिए ।

यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा कला, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको भावना जगाउने विश्वास लिएको विद्यालयका सञ्चालक सरोज पौडेलले बताए  । 

44444444

बाल मैत्री  विद्यालयको रुपमा परिचीत लिङ्कनले हरेक वर्ष यस किसिमका सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास र सामूहिक सहभागिता अभिवृद्धि गर्ने परम्परा कायम गर्दै आएको जनाएको छ । 

विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले तिहारको महत्त्वको बारेमा बताएको कार्यक्रमको सञ्चालन शिक्षक स्वस्तीका भण्डारीले गरेकी थिइन् ।

यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा कला, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको भावना जगाउने विश्वास लिएको विद्यालयका सञ्चालक सरोज पौडेलले बताए ।