बिर्तामोड । पछिल्लो समय तिहारमा देउसी खेलेर दक्षिणा ९पैसा० संकलन गर्ने क्रम बढेर गएको छ ।


 तिहारमा विभिन्न संघ–संस्था वा समूह आधुनिक एवम् पाश्चात्य गीत, संगीत पस्कँदै देउसीभैलो खेलेर दक्षिणा ९पैसा० संकलन गरिरहेका छन् । उनीहरुको उद्देश्य बढीभन्दा बढी दक्षिणा ९पैसा० संकलन गरेर आपसमा बाँडीचुँडी लिने वा पिकनिक गएर सिध्याउने हुन्छ ।

तर, साहित्य चौतारी बिर्तामोड झापा नेपाल ले भने यसवर्ष दक्षिणारहित सामुहिक सडक देउसी खेलेर समाजमा उदाहरणीय कार्य गरेको छ ।

 तिहारमा खेलिने देउसी दक्षिणाकै लागि खेलिने परम्परालाई तोड्दै साहित्य चौतारी बिर्तामोड झापा नेपालले २०५८ सालदेखि हरेक वर्ष गोबर्दन पूजाको दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर ९साहित्य चौतारीको काव्य प्राङ्गण०मा दक्षिणारहित सामुहिक सडक देउसी खेलिँदै आएको साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।

यस बर्ष गोबर्दन पूजाको दिन बिर्तामोडको  साहित्य चौतारीको काव्य प्राङ्गणबाट

दक्षिणारहित सामुहिक सडक देउसी शुरू गरेर बिर्तामोड नगर परिक्रमा गरिएको अध्यक्ष श्रेष्ठले बताए।

साहित्य चौतारी बिर्तामोड झापा नेपालले यस वर्ष २६ औं सामूहिक दक्षिणारहित सडक देउसी, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ , लोकगीत सम्राट एलपी जोशीको ९० औं जन्म जयन्ती संस्थापक सल्लाहकार सरोज ओलीको दोस्रो स्मृतिदिवस,नेपाल सम्वत ११४७ शुभारम्भ र म्ह् पूजा , रजत कृति परिचर्चा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको उनको भनाई छ।

   दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको बताउँदै उनले दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत ,भाषा, संस्कृति, परम्परासहित पूवर्ज ९अग्रज०हरुको परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै युवा तथा भावी पुस्तालाई पुस्तान्तरण गर्दै निरन्तरता दिने उद्देश्यले दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको अध्यक्ष श्रेष्ठले बताए।

  साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा सप्तॠषि गुरुकुलम् सत्यधामका संस्थापक अध्यक्ष आचार्य होमनाथ खनालको प्रमुख आतिथ्य र संस्थाका अभिनन्दित ब्यक्तित्व बरिष्ठ गायक तथा संगीतकार डा।टीका भण्डारीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले स्वागतसहित साहित्य चौतारीको स्वागत गान प्रस्तुत गरेका थिए ।

  प्रमुख अतिथि खनालले व्यानर पढेर दीप प्रज्जवलन गरी सप्तॠषि गुरुकुलम् सत्यधामका  बटुकहरूले  स्वस्ती बाचनसहित उद्घाटन गरेको कार्यक्रममा प्रमुख  अतिथी  खनाल, विशेष अतिथि भण्डारीले ‘देउसिरे’ भट्याएर दक्षिणारहित देउसी भैलो कार्यक्रमको शुभारम्भ गरेका थिए। 

  नेपाली मौलिक भेषभूषा र नौमती बाजागाजासहित साहित्य चौतारी झापाका अध्यक्ष श्रेष्ठसहित पदाधिकारी, प्रमुख अतिथि खनाल, बिशेष अतिथि भण्डारी , आर्ट स्टुडियो महिला नौमती बाजा समूह, होटल हिकोला हेरिटेज परिवार, विभिन्न संस्थाका पदाधिकारी , सञ्चारकर्मी लगायतको टोलीले बिर्तामोड नगर परिक्रमा गरेको थियो।

कार्यक्रममा साहित्यकार लीलाप्रसाद अधिकारीले संस्थाको रजत कृति विशेषाङ्कको चर्चा गरेका थिए।

 कार्यक्रममा विशेष अतिथि भण्डारी, निवर्तमान अध्यक्ष हस्त परियार, सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्सलगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सृमितिमा गीत प्रस्तुत गरेका थिए भने संस्थाका सल्लाहकार लोकगायक अनिरुद्र ओलीले लोकगीत सम्राट एलपी जोशीको स्मृतिमा गीत प्रस्तुत गरेका थिए।

  कार्यक्रममा प्रमुख अतिथि खनालले तिहारको विविध पक्ष र यसको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमका  विशेष अतिथि भण्डारीले साहित्य चौतारी झापाले दक्षिणारहित सामूहिक सडक देउसी खेलेर मौलिक संस्कृतिको जर्गेना गरेको बताउँदै यसलाई निरन्तरता दिँदै झापाभर सञ्चालन गर्नुपर्ने जनाए।

कार्यक्रममा संस्थाका सल्लाहकार हरिनारायण भट्टराईले लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी कविता र पंडित प्रकाश गौतमलगायतले तिहार सम्वन्धी कविता प्रस्तुत गरेका थिए।


मानार्थ सल्लाहकार लोकनाथ पौड्याल सहित अन्य महानुभावले देउसी भट्याएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।