झापा । मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित चाँदनी चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको पूर्णकदको प्रतिमा अनावरण गरिएको छ। नेपाल संवत् ११४७ को शुभारम्भको अवसर पारेर मंगलबार आयोजित विशेष समारोहमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानका अध्यक्ष दिनेश शाक्यले प्रतिमामा राखिएको आवरण हटाएर संयुक्त रूपमा अनावरण गर्नुभएको हो।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋण मोचन गरिदिएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सम्मान र योगदानलाई भावी पुस्तासम्म जीवन्त राख्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ।

d13819e7-6e01-49a4-ab29-348e2efff411

नेपाल संवत् ११४७ को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने लक्ष्यसहित कार्तिक २४ गते आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा नेवार समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यसअघि सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा अग्रज पत्रकार चन्द्र भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई शब्दगुच्छाद्वारा स्वागत गर्नुभएको थियो।

81434032-59d1-4f89-ae71-68646f84fd81

राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा धुलाबारीको चाँदनी चोकमा निर्माण गरिएको पूर्णकदको प्रतिमाले स्थानीय क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई समेत थप उचाइ दिने अपेक्षा गरिएको छ। नेपाल संवत्को नयाँ वर्षसँगै अनावरण गरिएको यस प्रतिमाले जनताको ऋण मोचन गर्ने ऐतिहासिक व्यक्तित्वको योगदानलाई आगामी पुस्तासम्म स्मरण गराइरहने विश्वास गरिएको छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋण मोचन गरिदिएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सम्मान र योगदानलाई भावी पुस्तासम्म जीवन्त राख्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ।

नेपाल संवत् ११४७ को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने लक्ष्यसहित कार्तिक २४ गते आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा नेवार समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

eba4a8a6-8455-4673-a5e0-5acdae9ee668

प्रतिमा निर्माणका लागि धुलाबारीका प्रतिष्ठित नेवार समुदायका भक्तमान शाक्यको परिवारले जग्गा उपलब्ध गराएको हो। मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार तथा विभिन्न क्षेत्रको लागत सहभागितामा प्रतिमा निर्माण गरिएको प्रतिष्ठानका सचिव मिलनराज प्रसाईंले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिमा निर्माण सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च भएको छ।

कार्यक्रममा नेपाल संवत्, राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदान तथा पूर्वी नेपालमा नेपाल संवत्को महत्त्व र महिमाबारे लामो समयदेखि जनस्तरमा चेतना अभिवृद्धि गर्दै आउनुभएका अग्रज पत्रकार प्रा. चिन्तामणि दाहाललाई विशेष सम्मान गरिएको थियो।

दाहाललाई सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। उहाँको सम्मानपत्र प्रतिष्ठानका सहसचिव धर्मेन्द्र खड्काले वाचन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मिलनराज प्रसाईंले गर्नुभएको थियो भने सहजीकरण प्रतिष्ठानका उपाध्यक्ष शंकर बस्नेतले गर्नुभएको थियो।