बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र अन्तर्गत आज (बिहीबार) वडा नम्बर २ स्थित चारपाने विक्री केन्द्रको उद्घाटन गरिएको छ ।बिक्री केन्द्रको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गर्नु भयो ।
कार्यक्रममा वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य संगिता शिवा, शर्मिला राजवंशी, तिला गौतम, बिक्री केन्द्र सञ्चालन समिति अध्यक्ष नेत्र भट्टराई लगायत जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा कृषक, व्यवसायीको उपस्थिति रहेको थियो ।