बिर्तामोड । भरत प्रसाई , साहित्य कला सांस्कृतिक प्रतिष्ठान बिर्तामोडले भारतीय नेपाली २ साहित्यकार लाई सम्मान गरेको छ । एक कार्यक्रमका बिच श्रष्टाहरू मन्जिला तामाङ र देविका मग्रांती राई लाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष भगवती ढुंङगेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत गर्नु भएको थियो।
भारतीय साहित्यकार मञ्जुला तामाङग सुब्बाले राईमाइला शिर्षकको कविता प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गजलकार भरत बरबरिक को पनि राईमाइलाले गाँउ छाड्यो रे शिर्षकको कविताले दर्शक श्रोताहरुलाई भाबुक बनाएको थियो ।
कार्यक्रममा किशोर कोइराला, विष्णु न्यौपाने, रीता पोखरेलका श्रृङगारिक,प्रेम रस,देशभक्ति छन्दका कविता गजलले कार्यक्रमलाई गजलमय बनाइदिएको थियो ।
प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक तथा कानुनमन्त्री लिला वल्लभव भण्डारीले ब्यानर पढेर उद्घाट्न गरिएको कार्यक्रमको सञ्चालन संस्थाका संगित विधाका अध्यक्ष दिपक रायमाझीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी भण्डारीले साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समाजको विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनु भयो ।
उहाँले यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । विशिष्ट अतिथीहरुमा प्रदेश माननिय गोपाल गजमेर , बिर्तामोड नगरपालिका उप(प्रमुख नगेद्रप्रसाद सङग्रौलाको आतिथ्यता रहेको कार्यक्रामा साहित्यकार पुण्य प्रसाद खरेल, गजलकार केशव आचार्य, साहित्यकार तथा कलाकार टंक विकल्प ,गायक प्रकाश अनुराग, लगायत दर्जनौ गजलकारहरुकोे उपस्थिती रहेको थियो ।
विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो। कविहरूले आफ्ना उत्कृष्ट कविताहरू वाचन गरेका थिए ।
साथै कलाकार मुना प्रसाईले नृत्य प्रस्तुत गर्नु भएको थियोे । साहित्यकार तथा कलाकारहरूले यस कार्यक्रमले समाजमा साहित्यिक र सांस्कृतिक चेतनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागी बक्ताहरुले बताएका थिए ।
कार्यक्रमको समापनमा आयोजक समितिका सदस्यहरूले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए।
संस्थाकी अध्यक्ष भगवती ढुङगेलले कला साहित्यको क्षेत्रमा स्थानिय सरकारले बजेट विनियोजन गर्न आवश्यक रहेकको बताउनु भयो ।
उहाँले संस्थाले कसेको सहयोग बेगर नितान्त आफ्नो पैसा खर्चिएर कार्यक्रम गर्दै आएको बताउनु भयो ।
काव्य विधा साहित्यकार दिपक सुवेदीले र औपचारिक कार्यक्रम दिपक रायमाझीले सञ्चालन गर्नु भएको थियो