झापा । तोपगाछी-धरमपुर मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा मा.वि.स्तरीय कविता प्रतियोगिता सम्पन्न गरिएको छ।
विजयादशमी, शुभदीपावली तथा छैंठ पर्वको शुभ अवसरमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका मा.वि. स्तरीय कविता प्रतियोगिता प्रतिष्ठानको आफ्नै सभाहल शिवसताक्षी-१मा आइतबार सम्पन्न गरेको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार अभागी थेगुवा, विवश बलिभद्र कोइराला र लीला अनमोलले निर्णायकको भूमिकामा रहेका थिए ।

प्रतियोगितामा १२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।प्रतियोगितामा ध्रुवतारा आवासीय मावि शिवसताक्षी-९ दुधेकी दिक्षा मैनाली प्रथम, विज्ञान एजुकेसनल एकेडेमी शिवसताक्षी-३ पाराबारीकी स्रृष्टि नेपाल दोस्रो, मेची इङलिस स्कुल शिवसताक्षी-१० माइधारकी युना प्रसाईँ तेस्रो र भगवती आधारभूत विद्यालय शिवसताक्षी-८ की शरला दर्नाल र कमला मदनआश्रीत उच्च मावि कमल गापा -२ क्याम्पाकी कविता बजगाईँले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेताहरुले क्रमशः ५ हजार रुपैयाँ ,४ हजार रुपैयाँ , ३ हजार रुपैयाँ र १ हजार रुपैयाँ नगदसहित अन्य पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।कार्यक्रममा अन्य प्रतियोगिता विद्यार्थीहरूलाई जनही पाँच सय रुपैयाँ नगदसहित पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिमूलक ५ जना कविहरुले कविता वाचन गरेका थिए।जसमध्ये कृष्णप्रसाद मिश्र, हर्कराज राई, विवेक क्षेत्री दुलाल,दिल भुटानी र अर्जुन दुलालले कविता वाचन गरेका थिए ।














