दुर्गा प्रसाईंद्वारा तुलसीको मठमा जल अर्पण गर्दै विधिवत् उद्घाटन, नाटक हेर्दा दर्शकका आँखा रसाए
झापा, कार्तिक १४। मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंद्वारा क्षितिज नाट्य प्रतिष्ठान नेपालद्वारा निर्मित झापा नाटक घरमा आज लीलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित नाटकको भव्य शुभारम्भ गरिएको छ।
विशेष समारोहबीच अभियन्ता दुर्गा प्रसाईंले तुलसीको मठमा जल अर्पण गर्दै नाटकको विधिवत् उद्घाटन गर्नुभयो। नाटकको पहिलो मञ्चन हेर्न देशका ६६ जिल्लाबाट नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। देशका विभिन्न भूगोलबाट आएका दर्शकहरूको उत्साहजनक सहभागिताले झापा नाटक घरमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।
नेपाली समाजको यथार्थ, गरिबी, अभाव, बाध्यता, विस्थापन र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरिएको नाटक ‘बसाइँ’ हेर्दा धेरै दर्शक भावुक बने। कतिपय दर्शकका आँखा रसाएका थिए। मञ्चमा कलाकारहरूले प्रस्तुत गरेको जीवन्त अभिनयले दर्शकलाई कथाभित्रै पुर्याएको अनुभूति गराएको थियो।
माधव कल्पितको निर्माण परिकल्पना, गजेन्द्र खतिवडाको निर्देशन तथा राजकुमार भट्टराईको व्यवस्थापनमा तयार भएको नाटक ‘बसाइँ’ आजदेखि झापा नाटक घरमा नियमित मञ्चनका लागि प्रस्तुत गरिएको हो। साहित्यिक कृतिलाई नाट्य रूपान्तरणमार्फत नयाँ पुस्तासम्म पुर्याउने र नेपाली रंगमञ्चको विकास गर्ने उद्देश्यले यो प्रस्तुति तयार गरिएको हो।

नाटकको सफल प्रस्तुतिपछि कलाकारहरूलाई विभिन्न सहयोगी हातहरू तथा शुभेच्छुकहरूबाट सम्मान र प्रोत्साहनसमेत प्रदान गरिएको थियो। कलाकारहरूको मेहनत, समर्पण र रंगकर्मप्रतिको निष्ठाको प्रशंसा गर्दै सहयोगीहरूले आगामी दिनमा पनि नेपाली रंगमञ्चलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
देशका विभिन्न भूगोलबाट झापा आइपुगेका दर्शकहरूको उत्साहजनक सहभागिताले झापा नाटकघरमा उत्सवमय वातावरण सिर्जना गरेको थियो। नेपाली समाजको यथार्थ, गरिबी, अभाव, बाध्यता, विस्थापन र मानवीय संवेदनालाई अत्यन्त जीवन्त ढङ्गले प्रस्तुत गरिएको नाटक ‘बसाइँ’ हेर्दा धेरै दर्शक भावुक बनेका थिए।
कतिपय दर्शकका आँखा रसाएका थिए भने मञ्चमा कलाकारहरूले प्रस्तुत गरेको सशक्त अभिनयले दर्शकलाई कथाकै परिवेशमा पुर्याएको अनुभूति गराएको थियो। नाटकले समाजको यथार्थ चित्रण गर्दै मानवीय पीडा र संवेदनालाई दर्शकको मनमस्तिष्कसम्म पुर्याउन सफल भएको प्रतिक्रिया दर्शकहरूबाट प्राप्त भएको थियो।
लिलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित यस नाटकको निर्माण परिकल्पना माधव कल्पितले गर्नुभएको हो। गजेन्द्र खतिवडाको निर्देशन तथा राजकुमार भट्टराईको व्यवस्थापनमा तयार भएको नाटक कात्तिक १४ गतेदेखि झापा नाटकघरमा नियमित मञ्चन सुरु गरिएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार नाटक आगामी मङ्सिर १५ गतेसम्म नियमित रूपमा मञ्चन गरिनेछ।
साहित्यिक कृतिलाई नाट्य रूपान्तरणमार्फत नयाँ पुस्तासम्म पुर्याउने, नेपाली साहित्य र संस्कृतिको संरक्षण गर्ने तथा नेपाली रङ्गमञ्चको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले नाटक तयार गरिएको निर्माण परिकल्पनाकार माधव कल्पितले बताउनुभयो। उहाँले ‘बसाइँ’ जस्तो चर्चित साहित्यिक कृतिलाई मञ्चमा उतारेर नयाँ पुस्तालाई नेपाली समाजको यथार्थ र विगतको सामाजिक परिवेशसँग परिचित गराउने प्रयास गरिएको उल्लेख गर्नुभयो।
नाटक ‘बसाइँ’ मा पूर्णिमा निर्दोष, विवेक मिश्र, राजकुमार भट्टराई, प्रज्वल भट्टराई, दीपा शिवाकोटी, सीताराम भट्टराई, आर्जु पौडेल, आशुतोष भट्टराई, राकेश दर्नाल, दिलकुमार लिम्बू र पारस तामाङलगायत कलाकारहरूले अभिनय गर्नुभएको छ। कलाकारहरूको सामूहिक मेहनत, जीवन्त अभिनय र कथाको प्रभावकारी प्रस्तुतिले नाटकलाई थप सशक्त बनाएको छ।














