देव बाँस्कोटा पाँचथर । पहाडी भुभागमा वाढी पहिरो र प्रकोपका कारण दैनिक धेरै जनधनको क्षति भईरहेको छ भने अर्कोतिर नगदे वालीका रुपमा रहेको कृषिजन्य उत्पादनले मुल्य नपाउँदा कृषकहरु मारमा परेका छन । 

 आयस्रोतको मुख्य बाटोको रुपमा किसानहरुले लगाउँदै आएको बाली टमाटरको एक्कासी बजार भाउ घटेपछि किसानहरुलाई व्यवसायिक रुपमा ठूलो घाटा भएको छ ।

Commercial-tomato-farming

हिलिहाङ गाउँपालिकाको मुख्य नगदे वालीका रुपमा लगाइने टमाटर खेती मुख्य आम्दानीको आयस्रोत रहेको छ । 

करिब ४ महिना निरन्तर गोडमेल दवाई र सिचाइ गरि करिब ३० क्युन्टेल  टमाटर उत्पादन गर्दा औसतमा ५० हजार खर्च लाग्ने हिलिहाङ वडा नं ४ का कृषक ओमनाथ बाँस्कोटा बताउनु हुन्छ ।

उहाँ ५० हजार लगानी गरि ४० हजार पनि नआउँदा उल्टै ऋण लागेको बताउँनुहुन्छ ।  

 किसानहरुले ज्यादै ठूलो जग्गामा ठेक्का लिएर अथवा पार्टनरसिपमा ठूलो लगानीमा खेती गरि नाफा कमाउने आशा राखेका थिए ।

तर पछिल्लो समयको टमाटरको बजार भाउ एक्कासी ६ रुपैँया पुग्दा उनीहरु घरको न घाटको भएका छन । 

8 mistakes

ठूलो संख्यामा कृषकहरु मारमा पर्दा पनि स्थानीय गाउँपालिकाका प्रतिनिधिहरु तैँ चुप मै चुप भएका छन । 

कृषकले लगाएको टमाटरको उचित मुल्य निर्धारण गर्न नसकेको स्थानीयवासी हरिप्रसाद आर्चाय न्याउरो मुख लगाउँदै आफ्नो पिडा पोख्नुु हुन्छ । 

 यस्तो आर्थिक संकटको बेला स्थानीय सरकारले पनि किसानहरुको दुख र मार्कालाई नबुझेको स्थानीयबासीहरु भनाइ छ ।

गत बर्षहरुमा किसानहरुले मनग्गै आम्दानी गरेको टमाटरले यस पालि उल्टै ऋण लागेको किसानहरुको गुनासो छ ।

जुन रुखको शितल तापिन्छ त्यही रुख ढलेपछि बटुवाहरु जसरी बिचल्लित हुन्छन त्यसरी नै हिलिहाङ गाउँपालिकाका कृषकहरु मारमा परेका छन ।

राज्यले छिटै हामिलाई केही नयाँ विकल्प दिलाईदिनुपर्ने स्थानीय सरकार अथवा राज्यसँग स्थानीयवासीहरुको अपिल गरेका छन् ।