44444444 2 बिर्तामोड  । भरत भाबुक प्रसाई  ,चलचित्र पत्रकार संघ नेपालले आफ्नो २५ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि देश भरीनै मनाएको छ ।

55555555555यसै क्रममा विगत १ वर्ष अगाडी शाखाको रुपमा स्थापना भएको चलचित्र पत्रकार संघ झापा शाखाले केक काटी स्थापना दिवस मनाएको हो ।

पत्रकार र कार्यसमिति पदाधिकारीहरुको बिचमा क्यु एफ एक्समा स्थापना दिवस मनाएको थियो ।

कोशी प्रदेशमै पहिलो चलचित्र महोत्सवको  व्यवस्थापनमा लाग्नु परेका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको चलचित्र पत्रकार संघ झापा शाखाका अध्यक्ष रमेश तिवारीले जानकारी दिनु भयो ।

5555555कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको नेपाल चलचित्र संघका केन्द्रिय सदस्य तथा क्यु एफ एक्सका सञ्चालक मिजास पोखरेले चलचित्रको संरक्षण र  प्रवद्वनमा पत्रकारहरुले उल्लेखिय भुमिका खेलेको बताउनु भयो ।

88888888 1चलचित्र पत्रकार संघले सघै चलचित्रकर्मीको हक हितका निम्ती कलम चलाउदै आएको उहाँले बताउनु भयो । 

चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले कोशी प्रदेशमा पहिलो पटक चलचित्र  महोत्सव आयोजना गरिएको जनाउदै यसलाई सफल बनाउन चलचित्र पत्रकार संघ  झापा शाखाले अतुलनीय योगदान पु¥याएको बताउनु भयो । 

त्यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियारले चलचित्र घरमा स्थापना दिवस मनाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा चलचित्र पत्रकारहरुले खेल्नुपर्ने भूमिका अझ सशक्त ढङ्गले अघि बढ्नु पर्ने बताउनुभयो ।


संघका अध्यक्ष रमेश तिवारीले जिल्लामा पहिलोपटक गठन गरिएको चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रका विभिन्न गतिविधिहरु सक्रियताका साथ भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

साथै यस क्षेत्रको प्रबर्द्धनका लागि आगामी दिनमा अझै व्यवस्थित र मजबुत ढङ्गले गतिविधिहरुलाई अगाडि बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा चलचित्रकर्मी संघका कोषाध्यक्ष  रवण विश्वकर्मा , चलचित्र निर्माता युवराज गिरी, चलचित्र पत्रकार संघ झापा संघका उपाध्यक्ष सानु सवेदी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।