कनकाई । भरत भाबुक प्रसाई,   विपन्न र दुखीको साहरा बन्दै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाजले आन्द्रा क्यान्सबाट पिडित ६१ वर्षकी  कौशिला बराइलीलाई आर्थिक सहयोग गरेको छ ।

समयले कुन बेला  कसलाई कस्तो पिडा दिन्छ पत्तै हुदैन ।

झापाको कनकाई नगरपालिका वडा नम्वर ४ घर भएकी बराइली, अहिले जीवन र मरणसंग संर्घष गर्दै छिन् ।

123गएको ३ महिना अगाडी आफुलाई प्राणघातक आन्द्राको क्यान्सर  भएको खबर थाहाँ पाएपछी उनी विछिप्त बन्न पुगिन,यो दुःखलाई हिम्मतमा परिणत गर्दै उनीकी छोरी शनीसाले आमालाई कमजोर हुन दिइनन् । 

मामा  कुमार दियालीले प्रेम भावले दिएको जमीनमा एउटा सानो घर बनाई जीवन निर्वाह गर्दै आएको बराइली परिवारमा एक्कासी बज्रपात परे जस्तै भएको छ ।

एकातिर  घरमा कमाउने  कोही छैन, विपन्नताले जीवनलाई दुःखी बनाएको छ भने अर्को तिर दबाई खर्च गर्ने पैसा छैन, गएको ३ महिनामा करीव ९ लाख भन्दा बढी खर्च भैसकेको छ, भाबुक हुदै शनीसाले भनिन् । 

IMG_0321गरीव र विपन्नको पिडामा मलम लगाँउदै आएको मेचीमहाकाली बुहारी संयुक्त आवाज हाम्रो परिवारका लागी भगवान जस्तै भएर आएको छोरी बराइलीको प्रतिक्रिया रहेको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजकी आजीवन सदस्य कल्पना उप्रेती भट्टराईले जव बिरामीको बारेमा थाहा पाउनु भयो तब नै आफ्नो समूहलाई जानकारी गराउनु भएकाे थियाे ।

 मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु र वडा अध्यक्ष रोशन न्यौपानेले संयुत्त रूपमा नगद सहयोग १७ हजार ५ सय रुपैयाँ बिरामीकी छोरी शनिशा बराइलीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।

नगद हस्तान्तरण कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले विरामी अवस्था र पिडित परिवारको आर्थिक अवस्थाले आफुलाई भाबुक बनाएको बताउनु भयो ।

44444444 1उहाँले मेची महाकाली बुहारी संयुक्त आवाज कसैबाट फन्डिङ नभई बुहारीहरूले खाजा खर्च कटाएर गरीव र दिन दुःखीको सेवामा होमिएको बताउनु भयो । 

कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रोशन न्यौपानेले विरामीको बारेमा आफुलाई भरखरै थाहाँ भएको बताउदै विरामी निको पार्न  सबैले आ–आफ्नो स्थानबाट भुमिका खेल्नु पर्ने बताउनु भयो ।

उहाँले मेची महाकाली बुहारी संयुक्त आवाजले  विपन्नहरुका गर्ने यस्ता सहयोगले समाजलाई प्रेरणा मिल्ने बताउनु भयो । 

 बिरामीको रेखदेख गर्दै आउनु भएका कनकाई ३ निवासी सुन ब्यवसायी कुमार दियालीले विपन्न परिवारलाई मेचीमहाकाली संग जोड्न विशेष सहजीकरण गर्नु भएको थियो । 

झापा जिल्ला संयोजक गंगा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सह– संयोजक रोशनी अधिकारी खनाल, झापा जिल्ला कार्यसमिति सदस्य निर्मला नेपाल , अस्मिता न्यौपाने , आजीवन सदस्य कल्पना भट्टराई उप्रेती लगायतको उपस्थिती रहेको थियो ।