झापा  झापाको अर्जुनधारा १० कालिस्थानका शुरेश राजवंशी बहराइनको प्रचण्ड गर्मीलाई छिचोल्न १ महिने विदामा आफ्नो घर  आएका थिए ।

तर घर आउँदा न नै श्रीमति छिन् न त पैसा । आज भन्दा ८ महिना अगाडी बहराइनको अलमोहित कम्पनीमा गएका राजवंशीको ९ जनाको परिवार छ ।

३ छोरा पढाउन धौ धौ भएपछि श्रीमति कविता कै सल्लाहमा  राजवंशी मुगलान भासिएका थिए । आमा चटपटे बेच्ने र बाबाले साइकलमा केरा बेचेर जसो तसो बनी बुतो गरि जीवन बिताइरहेका  छन् ।

परिवार म समाल्छु नी, भनि हिम्मत दिएर परदेश पठाएकी श्रीमति कविता  अचानक हराउँदा कसको मन थामिएला र । आज भन्दा ९ दिन अगाडी बाट श्रीमति हराएपछि धरै स्थानमा खोज्दा नभेटिएपछि बिर्तामोड इलाका प्रहरी कार्यलय , गोल्दाव प्रहरी चौकी अजुृर्नधारा, माइती नेपाल कार्कभिट्टामा उजुरी दिएको राजवंशीको भनाइ छ ।

आफु राजीखुसी गएको हो भने आपत्ती नहुने तर सकुशल रहेको नरहेको चिन्ताले मिडियालाई गुहारेको उनले बताए ।

 श्रीमतिले आघा तोला सुन र केही पैसा लिएर हराएकोले मिडियासंग भाव विवहल हुदै राजवंशीले खोजीमा पहल गरिदिन आग्रह गरेका छन् ।