काठमाडौ । ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ।

प्रभातफेरी शनिवार काठमाडौंको भृकुटीमण्डपबाट सुरु भइ न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहसम पुगेर सकिएको हो।

प्रभातफेरी कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो। त्यस्तै, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल पनि प्रभातफेरी कार्यक्रममा सहभागी बनेको थियो।

राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातेफेरी पछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवस सम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

 जनहितमा जारी

यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।