काठमाडौँ, । फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई  ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई हरायो । खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए ।