काठमाडौँ  अभिनेता सानु ताम्राकारको उपचारको क्रममा शनिबार दिउँसो निधन भएको छ।

 ७४ वर्षको उमेरमा शनिबार दिउँसो करिब ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक सदस्यले जनाएका छन् ।

उनी २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले सानु ताम्राकार चिन्तामा थिए। उनी केही समयअघि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए।

उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

परिवारका अनुसार ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको छ।

डेंगी राेगबाट बचाैं