समाचार

आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदै

असोज १, २०८० मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    झापा ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व सोमबार (आज) महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ । 

    download (2) 3

     महिलाले श्रीमानको दीर्घायुको कामनाका गर्दै तीजमा व्रत बस्ने गरेका छन् । 

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

    वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । 

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

    download (1) 3

    साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

    यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

    जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । 

    समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

    आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

    यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् ।


    विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

    दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् ।

    तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

    पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  छ ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनु पर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

    आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

    तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने गरेको छ ।

    • १०० पटक पढिएको
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिले ...

    त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने

    काठमाडौँ । ​त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष् ...

    मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा

    झापा । उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्स अर्जुनधारामा जारी प्रथम साल ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic