काठमाडौं यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्दै छन् ।

खेल काठमाडौंको दशरथ रंगशालामा अपराह्न साढे ५ बजे हुनेछ । दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो ।

दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन् ।