बिर्तामोड, फागुन ११ । झापा प्रहरी फागुन ३ गते मोटरसाइकल चोरीका गिरोहमा आबद्ध एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा बिर्तामोड–६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरेको छ ।

बिर्तामोडबाट चोरी भएको प्र.–१–०१–०१२ प ३५४७ नम्बर उल्लेख भएको २२० सिसीको कालो रातो पल्सर मोटरसाइकल बिक्री गर्न जाँदै गरेको अवस्थामा मगरलाई पाँचथर हिलिहाङ–५ बाट पक्राउ गरी झापा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मगर पक्राउ परेसँगै उनले बिक्री गरेको आठवटा मोटरसाइकल समेत फेला परेको छ ।

 जनहितमा जारी

सबै मोटरसाइकल ताप्लेजुङ जिल्लाको विभिन्न स्थानबाट फेला परेको एसपी केसीले बताए । गिरोहमा आबद्ध अझै तीनजना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।