झापा । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा छुरा प्रहारबाट गम्भीर घाइते भएका युवा बिर्तामोड-१ बस्ने सुनिराम मुर्मु भएको खुलेको छ ।

छुरा प्रहारबाट उनको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेको बताइएको छ ।

घाइते भएका उनको बिर्तामोडमा रहेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

छुरा प्रहार घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड १ बस्ने २३ बर्षका राम टुडु, २९ बर्षका सुसान मुर्मु, बिर्तामोड ६ बस्ने १९ बर्षकी एलिना श्रेष्ठ, अर्जुनधारा ११ बस्ने ३० बर्षका सरोज सहनी र कनकाई १ बस्ने २३ बर्षका मनोज बि.क. रहेका जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलय अनारमनी बिर्तामोडमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।