कराँची । पाकिस्तानको कराँची सहर मा जापानी नागरिक सवार कारमा आत्मघाती हमला भएको छ । प्रहरीका अनुसार सहरको लन्धी क्षेत्रस्थित मनसेहरा कोलोनी नजिकै भएको यस आक्रमणमा दुई आक्रमणकारीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आक्रमण शुक्रबार बिहान भएको हो । घटनाको समयमा कारमा पाँच जना जापानी नागरिकहरू सवार थिए । उनीहरू कारमा चढेर कतै जाँदै थिए । आक्रमणकारीले कार नजिकै विस्फोट गराएका थिए । तर कार केही टाढा भएकोले उनीहरू सकुशल रहेको बताइएको छ ।

घटनालगत्तै उनीहरूलाई सुरक्षित र नाम नखुलेको स्थानमा सारिएको प्रहरीले सञ्चारमाध्यमलाई बताएका छन् । हमला चिनियाँ नागरिकलाई लक्षित गरेर गरिएको हुनसक्ने बताइएको छ । विस्फोटको समयमा गोली प्रहार पनि भएको बताइएको छ ।