बिर्तामोड । मुख भित्र लागू-औषध लुकाएर भारतबाट नेपाल आउदै गरेको अवस्थामा  मोरङ उर्लाबारीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार १८:१५ बजेको समयमा जिल्ला झापा मेचिनगर नगरपालिका वडा न. ६ पुरानो मेचीपुल स्थितमा लागू-औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट सिटिसफारीमा चढी नेपाल तर्फ आउदै गरेको जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा न. २ बस्ने वर्ष २४ को खुमराज भण्डारीलाई पक्राउ गरेको हो ।

प्रहरीले शंका लागी चेकजाँच गर्दा उनने मुख भित्र राखि ल्याउदै गरेको प्रतिबन्धित लागू-औषध खैरो हेरोइन प्लाष्टिक सहित ५ ग्राम ८१० मिलिग्राम तथा प्लाष्टिक बाहेक ५ ग्राम फेला परेकोले जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।