काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ ।

लगातार र घनघोर पानी पर्ने सम्भावना भएकाले धेरै आत्तिनु नपर्ने उहाँको भनाइ छ ।

 जनहितमा जारी

तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ