बिर्तामोड । भरत प्रसाई,
झापाको बिर्तामोड नगरपालिका–५ स्थित सप्तक संगीतालयले विभिन्न चरणका राष्ट्रिय रियालिटी शोमा आफ्नो प्रस्तुति मार्फत उत्कृष्टता हासिल गरेका ७ जना विद्यार्थीलाई शनिबार एक कार्यक्रमकोबीच सम्मान गरेको छ ।

सोका विभिन्न चरणमा पुग्न सफल आफ्ना विद्यार्थीहरुलाई कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा संगीतालयको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा भ्वाइस किड्स सिजन–४ र सारेगमप लिटल च्याम्स नेपाल सिजन–२का जम्मा सात जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा भ्वाइस किड्स सिजन–४का फाइनलिस्ट स्मयन बजगाईं, सेमी फाइनलिस्ट आलिया अधिकारी, लाइभ राउण्डमा पुग्न सफल स्वर्णीम लिम्बू र बेटल राउण्डमा पुग्न सफल लिरीक्स राज्यलक्ष्मी पौडेल रहेका छन् ।

त्यसैगरी अन्य सम्मानित हुनेहरुमा सारेगमप लिटल च्याम्स नेपाल सिजन–२का टप १५मा पुग्न सफल अनन्त मिश्र, टप २५मा पुग्न सफल अपेक्षा भण्डारी र टप ४)मा पुग्न सफल विज्ञान डाँगी रहेका छन् ।
यसैगरी, सप्तक संगीतालयका गायन प्रशिक्षक अर्पण सापकोटालाई पनि प्रतिभावान कलाकार उत्पादनमा महत्वपूर्ण योगदान र्पुयाएको भन्दै सम्मान गरिएको थियो।
संगीतालयकी सल्लाहकार तथा साहित्यकार चित्रा पौडेलको अध्यक्षता र साहित्य चौतारी झापाका संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अभिभावकसहित उपस्थित भएका उनीहरुलाई मायाको चिनोसहित खदा ओढाई सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई बुबाको मुख हेर्ने दिन तथा प्रसिद्ध साहित्यकार मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी देविभक्त श्रेष्ठले सप्तक संगीतालयकाले प्रतिभावान विद्यार्थी उत्पादन गर्दै आएको बताउनुभयो ।
उहाँले आजै परेको मोतिराम भट्टको जन्मोत्सवलाई स्मरण गर्दै मोतिराम नभए भानुभक्तको यो उचाइ विश्वमा नहुने बताउनुभयो ।
उहाँले संगित विद्यालयले विद्यार्थीहरुमा संगितका साथै धैर्यता एवं मर्यादा पनि साथैमा सिकाउन सुझाव दिनुभयो ।
उहाँले संस्थापक कुशल पौडेलको चर्चा गर्दै अझै दुरदराजका प्रतिभाहरुलाई अवसर दिई पुर्विय संगीतलाई नेपालको कुना –कुना पु¥याउन आग्रह गर्नुभयो ।
कार्यक्रमका उपस्थितहरुलाई स्वागतगर्दै विद्यालयका संस्थापक कुशल पौडेलले विद्यालयको प्रतिष्ठा आफ्ना विद्यार्थीहरूको सफलता मै रहेको बताउँदै यसरी सम्मान गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो।
उहाँले साहित्य चौतारी झापाले नवप्रतिभालाई सदैव प्रोत्साहन गर्ने कार्यमा अग्रसर रहेको भन्दै अध्यक्ष देवीभक्त श्रेष्ठको प्रशंसा गर्नुभयो।
व्यवसायी विदुर खनालले शुभकामना मन्तव्य राख्दै बाल मनोविज्ञानलाई बुझेर मात्रै अभिभावले व्यवहार गर्न आग्रह गर्नुभयो ।

उहाँले सम्पूर्ण व्यवसायीहरुले संस्कार सापकोटालाई सकेजती भोट गरिदिन अपिल समेत गर्नुभयो ।
कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका संस्कृति विभाग प्रमुख कृष्ण पौडेल, विद्यालय कार्यकारी समिति सचिव मुना पौडेल, सल्लाहकार दिल्ली न्यौपाने, सप्तक संगीतालयका उपाध्यक्ष भरत सापकोटा,अभिभावहरु मिलन सापकोटा,सृजना लिम्बु, दिपक मैनाली ,दिनेश मिश्र,स्माइन बजगाँइका बुबा मनोज बजगाँई, मोफसल अनलाइका सम्पादक भरत प्रसाई, लगायत संगित प्रेमी अभिभावहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।
एक मिनेट सम्पूर्ण पृत्रीहरु स्मरण पछी सञ्चालन गरिएको कार्यक्रमलाई विद्यालयकी सञ्चालक आकृति खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।














