समाचार

पाकिस्तानमा यात्रु बस भीरमा खस्दा ४० जनाको मृत्यु

असार २३, २०८३ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भीरमा खस्दा कम्तीमा ४० जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दाना सार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तीब्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगैढुंगा भएको भीरमा खसेको प्रारम्भिक अनुमान छ । घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो । घाइतेको उपचार भैरहेको छ ।

    • ६० पटक पढिएको
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल

    शैक्षिक क्षेत्रमा करिब तीन दशकबाट सक्रिय उत्तम खनाल बिर्तामोडबासीका लागि नय ...

    बिर्तामोडमा जुुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु बिर्तामोडमा जुुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु

    झापाको बिर्तामोडमा बिहिबारबाट जुनियर जेसिज  ट्रेनिङ सप्ताह सुरु भएको छ ...

    पद कार्यवाहक, जिम्मेवारी स्थायी : सञ्जु पौडेलको नेतृत्व यात्रा पद कार्यवाहक, जिम्मेवारी स्थायी : सञ्जु पौडेलको नेतृत्व यात्रा

    बुद्धशान्तिवडा कार्यालयको ढोकाबाट भित्र पस्ने सेवाग्राहीका लागि पदको औपचारि ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic