गरामनी, झापा । बडादशैँको अवसर पारेर झापाको बिर्तामोड–७ का १०० भन्दा बढी विपन्न सन्थाल समुदायका बालबालिकालाई नयाँ कपडा वितरण गरिएको छ। मानव तथा पशुपन्छी सेवाका क्षेत्रमा सक्रिय केजीएफ फाउण्डेशनले शनिबार जेष्ठ नागरिक भवनमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी उक्त कपडा सहयोग गरेको हो।

फाउण्डेशनले बालबालिकाहरूका लागि टिसर्ट, टाउजर, जामा, स्कट, पेन्ट र लेहङ्गा लगायतका कपडाहरू वितरण गरेको फाउण्डेशनका सदस्य आधार घिमिरेले जानकारी दिनुभयो।

b6b32db2-e0cd-4f7a-8a91-89a11d04e621

बिर्तामोड सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवम् सामाजिक व्यक्तित्व मेघराज बास्तोलाको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो।

स्थानीय हडम मुर्मुको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेघराज बास्तोलाले केजीएफ फाउण्डेशनले रु. ५ मा खाना खुवाउनेलगायत मानव सेवाका क्षेत्रमा गर्दै आएको कार्यको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष येहाङ लाबुङ, संस्थापक अर्थ सचिव बिक्रम सुब्बा, सदस्यहरू ज्ञानेन्द्र कटुवाल र मुना तामाङलगायतले बालबालिकालाई कपडा हस्तान्तरण गर्नुभएको थियो।

d4dee724-86aa-4e58-9b2b-8c33ba6083c6

संस्थाका अर्थसचिव बिक्रम सुब्बाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी भरत प्रसाईले गर्नुभएको थियो।

फाउण्डेशनले यसअघि रसुवाका भोटेकोशी–त्रिशुली बाढीपीडितलाई पनि राहत सहयोग उपलब्ध गराएको थियो भने आगामी दिनमा पनि अन्य प्रभावित क्षेत्रमा सहयोग निरन्तर जारी राख्ने जनाएको छ।