बिर्तामोड, झापा — साहित्य, संस्कृति र सिर्जनाका माध्यमबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएका दिवंगत स्रष्टा तथा सर्जकहरूको स्मरण गर्दै साहित्य चौतारी तथा सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड, झापाको आयोजनामा नियमित सांगीतिक काव्यसभा (असोज महिना) अन्तर्गत विशेष साहित्यिक, सांस्कृतिक तथा पितृ विसर्जन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

844686141_1733405258786286_6328183674709323337_nमिति २०८३ साल असोज २४ गते शनिबार (१० अक्टोबर २०२६) का दिन साहित्य चौतारीको प्रेक्षालयमा आयोजित गरिमामय कार्यक्रममा विभिन्न कालखण्डमा दिवंगत भएका साहित्यकार, स्रष्टा, सर्जक तथा जनआन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी पुस्ताका युवाहरूप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको गहिरो स्मरण गरियो।

सोह्र श्राद्धको पहिलो दिनदेखि नै दीप प्रज्वलन गरी दिवंगत स्रष्टा तथा समाज परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने व्यक्तिहरूलाई स्मरण गर्ने परम्परालाई यस कार्यक्रममार्फत निरन्तरता दिइएको थियो।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा महाकाव्यकार मित्रप्रसाद दाहालद्वारा लिखित नयाँ महाकाव्य ‘केतकी’ को विशेष साहित्यिक समारोहबीच भव्य लोकार्पण गरियो।

01

साहित्यिक सिर्जना, साधना र नेपाली वाङ्मयको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित उक्त समारोहमा महाकाव्य ‘केतकी’ को लोकार्पणसँगै कृतिको साहित्यिक महत्त्व, विशेषता र नेपाली साहित्यमा यसले पार्ने प्रभावबारे विस्तृत चर्चा गरिएको थियो।

कृतिको लोकार्पण महाकाव्यकार मित्रप्रसाद दाहाल, प्रकाशक निर्मल दाहाल र कृति समीक्षक सूर्यप्रसाद अधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

त्यसैगरी, साहित्य चौतारीले दिवंगत स्रष्टाका परिवारजन तथा स्वजनहरूलाई विशेष आतिथ्यताका साथ सम्मान गर्ने संस्थागत नीतिअनुसार एक विशेष सम्मान कार्यक्रम पनि सम्पन्न गर्‍यो।

सो अवसरमा साहित्य चौतारीद्वारा अभिनन्दित तथा संस्थाका संस्थापक सल्लाहकारसमेत रहेका साहित्यकार स्वर्गीय सरोज ओलीकी धर्मपत्नी निर्मला ओलीलाई संस्थातर्फबाट नगदसहित विशेष सम्मान अर्पण गरियो।

दिवंगत स्रष्टाहरूको योगदानको सम्मान गर्दै उनीहरूका परिवारजनप्रति कृतज्ञता व्यक्त गरिएको यस सत्रले कार्यक्रमलाई थप भावुक र अर्थपूर्ण बनाएको थियो।

IMG_4054-scaled

साहित्य चौतारी बिर्तामोड, झापाका प्रथम संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका मूल अर्चक तथा उपवाचक पण्डित श्री अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण स्वीकार गरी उपस्थित हुनुभएका पण्डित सिग्देललाई धाम परिवारका तर्फबाट हार्दिक स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित सिग्देलले धर्म र साहित्य दुवैले मानव जीवन में सद्भाव, करुणा, नैतिकता र मानवीय मूल्यको स्थापना गर्न प्रेरित गर्ने विचार व्यक्त गर्नुभयो।

उहाँले आज आयोजित पितृ विसर्जन तथा दिवंगत स्रष्टा-सर्जकहरूप्रतिको श्रद्धासमर्पणमा आफ्नो उपस्थिति रहन पाउनु सौभाग्यको कुरा भएको बताउँदै कार्यक्रमको गरिमा थप बढेको उल्लेख गर्नुभयो।

नियमित सांगीतिक काव्यसभासमेत समेटिएको उक्त कार्यक्रममा विभिन्न सांगीतिक तथा काव्यिक प्रस्तुतिहरू राखिएका थिए। कार्यक्रममा संस्थाकी संरक्षक उर्मिला विमली श्रेष्ठको पनि विशेष उपस्थिति रहेको थियो।

साथै, कार्यक्रममा सम्मानित व्यक्तित्वहरू, स्रष्टाहरू तथा विशिष्ट व्यक्तित्वहरूले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।

IMG_3057कार्यक्रममा संस्थाका सल्लाहकार अनिरुद्ध ओली, संयोजक राजेन्द्र संग्राैला,शिराे सान्दाई, जयप्रसाद आचार्य, निकेश भटराई, दिपेश सुवेदी, विनोद खनाल, सुमित्रा महरात, इलामे जेठो, लिलाप्रसाद खतिवडा, सूर्यप्रसाद अधिकारी, हिम्मत नेम्बाङ, लोकनाथ पौड्याल, कृष्ण सुवेदी 'निरकम', शोभा बिमली, कृष्णमाया बुढाथोकी, शान्ता देवी पौडेल, भवानि प्रसाद गौतम, टङ्क विकल्प, चित्रा पौड्याल, तिर्थ दाहाल, मुना दाहाल, बिमान लामा तामाङ, शिवकुमार श्रेष्ठ, मीना अधिकारी, डम्बर न्यौपाने, छत्रपति ढूङ्गेल, हिमेश रिमाल, निशान ढूङ्गेल, सोहम पोख्रेल, अम्बिका प्र. भण्डारी, चक्रराज दाहाल, आरम्भ दाहाल, Ujjwal Dahal, बिन्दु दाहाल मूकदर्शक, र नारायण भट्टराई,  निवर्तमान अध्यक्ष हस्त परियार, साहित्यकार कृष्णप्रसाद पौडेल, मुक्तिप्रसाद तिम्सिना (अस्तित्व), देसु घिमिरे, देवीचरण भण्डारी, गीता भण्डारी, भानुभक्त कँडेल, शार्दुल ओली, निर्मला देवी ओली, शिवाङ्गी ओली, पदमप्रसाद अधिकारी, भवानी क्षेत्री, मनु योङहाङ, गोपाल कोइराला, धनकुमारी भट्टराई, श्रीमागी थारु, मौमी गौतम, इन्द्र बास्तोला, लिलानाथ खत्री, लक्ष्मी अच्युत ढुङ्गाना, केदारनाथ पौडेल, राजु पडियाल, रमानन्द खनाल ज्ञवाली, सुजता लामिछाने, विवेक कँडेल, हेमन्त भण्डारी र वटुक लगायतका विभिन्न क्षेत्रका स्रष्टा,लगायत  विशिष्ट व्यक्तित्व, साहित्यकार, पत्रकार तथा सर्जकहरूको उत्साहजनक र बाक्लो उपस्थिति रहेको थियो।

IMG_2947 संस्थाद्वारा आयोजित पितृ विसर्जन तथा दिवङ्गत स्रष्टाहरूको स्मरण कार्यक्रमका अवसरमा नेपाली ललितकलाका दुई विशिष्ट व्यक्तित्वहरू—नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका दिवङ्गत प्राज्ञ परिषद् सदस्य कर्ण मास्के र झापाका दिवङ्गत चित्रकार योगेन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरिएको छ।

साहित्य, कला, संस्कृति र सिर्जनासँग जोडिएका व्यक्तित्वहरूको सहभागिताबीच सम्पन्न भएको यस कार्यक्रमले आपसी सद्भाव, सांस्कृतिक एकता र साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिएको थियो।

नेपाली ललितकला क्षेत्रका प्राज्ञिक व्यक्तित्व स्वर्गीय कर्ण मास्केले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा हस्तकला विभाग प्रमुखका रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो। काठमाडौँलाई कार्यक्षेत्र बनाए पनि उहाँको सम्बन्ध धरानसँग जोडिएको थियो।


IMG_2950कला तथा हस्तकलाको विकास र संस्थागत प्रवर्द्धनसँगै नेपाली ललितकला क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानका कारण उहाँको प्राज्ञिक व्यक्तित्व सदैव स्मरणीय रहने कार्यक्रममा उल्लेख गरियो। सो पावन अवसरमा दिवङ्गत प्राज्ञ मास्केप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको थियो  ।

त्यसैगरी, कन्काई नगरपालिका-७, चम्पापुर निवासी झापाका स्थानीय दिवङ्गत चित्रकार योगेन्द्र अधिकारीको सिर्जनात्मक यात्राको समेत चर्चा गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरियो।

कार्यक्रममा भौतिक रूपमा उपस्थित नरहे पनि दुवै स्रष्टाहरूले आफ्नो कर्ममार्फत कला र समाजमा छाडेको छाप सदैव जीवित रहने विचार व्यक्त गरिएको थियो।

यसै अवसरमा नेपालीहरूको महान् पर्व बडादशैँ, दीपावली तथा छठ पर्वको हार्दिक शुभकामना आदानप्रदान गर्दै सबैमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गरिएको थियो।

IMG_2936दिवंगत स्रष्टाहरूको योगदानलाई भावी पुस्तासम्म परिचित गराउने, साहित्यिक परम्पराको संरक्षण गर्ने तथा नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्य लिइएको यो कार्यक्रम महाकाव्य ‘केतकी’ को लोकार्पण, दिवंगत स्रष्टाहरूको स्मरण, स्रष्टा परिवारलाई सम्मान तथा चाडपर्वको शुभकामना आदानप्रदानसँगै भव्य रूपमा सम्पन्न  गरीएकाे  थियाे ।

साहित्य चौतारीले हरेक वर्ष पितृ विसर्जनको अवसर पारेर दिवङ्गत स्रष्टाहरूको योगदानको स्मरण गर्दै उनीहरूका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले गर्नुभएको थियो।