बिर्तामोड, झापा — झापाको बिर्तामोडमा रहेको शिक्षा शिकोप निकेतनको वार्षिक कार्यक्रमअनुसार यस वर्षको 'दशैँ उत्सव' भव्य रूपमा सम्पन्न भएको छ। असोज ३० गते विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद शाखाकी अधिकृत जानुका रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।

बालबालिकालाई संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चीजा राईले बताउनुभयो ।

 

851053212_1775107313816373_4180766295532898173_nकार्यक्रममा बालबालिकाहरूलाई किताबी ज्ञानका साथै नानीबाबुहरूलाई सानै उमेरदेखि संस्कारसहितको व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यस दशैँ उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।

बालबालिकाहरूलाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व सिकाउन परम्परागत विधिअनुसार मान्यजनका हातबाट टीका-जमरा लगाई दक्षिणा तथा प्रसाद वितरण गरिएको थियो।


851843580_2374786346469735_5624427491453875538_nबालबालिकालाई संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चीजा राईले बताउनुभयो

उक्त कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी लिमिटेडका अध्यक्ष सुब्रत न्यौपाने, उपाध्यक्ष हेमराज मिश्र, सचिव युवराज निरौला, लेखा संयोजक सूर्यकुमार खतिवडा तथा लेखा समिति सदस्य यमनाथ खरेलको सहभागिता रहेको थियो।

853563668_1814613019738359_4521906892744780584_nत्यसै गरी कार्यपालिका सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य तिला गौतम, व्यवस्थापक तीर्थराज तिम्सिना, प्रिन्सिपल तथा सदस्य सचिव सुरक्षा श्रेष्ठ, अभिभावकहरू लक्ष्मीप्रसाद घिमिरे र आशिका रेग्मीका साथै शिक्षक प्रतिनिधि सुधा निरौला तथा शिक्षिकाहरू फुपुदेमा शेर्पा, बिल्लु लिम्बु र किरण पकुवालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले चाडपर्वले समाजमा सद्भाव र सांस्कृतिक निरन्तरता कायम राख्न मद्दत पुर्‍याउने धारणा व्यक्त गर्दै बालबालिकालाई संस्कारयुक्त शिक्षा दिन यस्ता सांस्कृतिक कार्यक्रमहरू प्रभावकारी हुने बताएका थिए।