काठमाडौं । बजारमा बिक्री तथा वितरण हुने मासुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले काठमाडौंका दुई मासु कोल्ड स्टोरेजको छड्के अनुगमन गरेका छन्।

मन्त्री चौधरीले बालाजु र सीतापाइलास्थित कोल्ड स्टोरेजमा पुगेर मासुको भण्डारण, सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्डको अवस्थाबारे निरीक्षण गर्नुभएको हो।

मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयन भए–नभएको बुझ्न अनुगमन गरिएको हो।

अनुगमनका क्रममा मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय तथा व्यवसायीले निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा जोड दिनुभयो।