बिर्तामोड।  झापाको बाह्रदशी -६ साधुकुटीस्थित श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिती तथा गुरुकुल कञ्चनगढधाम, साधुकुटीको आयोजनामा श्रीमद् भागवत महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञको तयारी गरिएको छ।

   प्राचीन, ऎतिहासिक पुरातात्त्विक महत्वको प्रसिद्ध तिर्थस्थल कञ्चनगढधाम, साधुकुटीलाई राष्ट्रिय स्तरबाट नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालाचतुर्दशीको अवसरमा आगामी मंसीर १४ गतेदेखि श्रीमद् भागवत धनधाञ्याचल विराट ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक समितिका अध्यक्ष श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिती तथा गुरुकुल कञ्चनगढधाम, साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले बताए।

   आचार्य पंडित तुलसीशरण अधिकारीको   कथा प्रवचन तथा ज्योतिषाचार्य पण्डित नवराज नेपालको पाठपारायण  रहने महायज्ञ मंसीर १४ गतेदेखि मंसीर २२ गतेसम्म सञ्चालन गरिने उनले बताए।     महायज्ञमा प्रशिद्ध भजन गायक कृष्ण भण्डारीसहितको भजन-कीर्तन समेत रहेको उनको भनाई छ। 

ecab0cde-a4e4-4ede-b2d4-6a46d290bc8b

   श्री गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमको ३६ औं वार्षिक अनुष्ठान र संस्थाद्वारा सञ्चालित गुरुकुलको १९ औं बार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञको साथै जपात्मक , पाठात्मक, हवनात्मक कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए। 

134a8386-42f8-4a0e-aaa1-4b4e5deb1b48बालाचतुर्दशीको अवसर पारेर मंसीर १९,२० र २१ गते ऐतिहासिक जलढाला मेला समेत आयोजना गरिने उनको भनाई छ। 

   उनले बालाचतुर्दशीको दिन हजारौं भक्तजनलाई सत्बीज छर्ने व्यवस्था मिलाइएको बताए।

  अनुष्ठानको बीच बिभिन्न धार्मिक गुरूहरूको प्रवचन कार्यक्रम गरिने, मंसीर २० गते साँझ विशेष शिव महाआरती गरिने उनको भनाई छ।

4266703a-eb1d-4b97-82d8-75ba47c34a2e

    उनले बालाचतुर्दशीको साँझ आफ्ना पितृको नाममा महाबत्ती बाल्न आउने भक्तजनलाई नि: शुल्क आवास र भोजनको व्यवस्थापन गरिएको र पुराण सुन्न टाढाबाट आउने भक्तजनलाई नि: शुल्क आवास र भोजनको व्यवस्थापन गरिएको बताए।

    कार्यक्रमको सञ्चालन श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिका सचिव पुष्प भट्टराईले गरेको 

सहसचिव  तथा गुरुकुलका प्रधानाध्यापक मनोज खतिवडाले जानकारी दिए ।