बाह्रदशी  । भरत भाबुक प्रसाई, बाह्रदशी ५ मा रहेको घोडामारा मिश्रित कृषक समूहले आफ्नो साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

कृषकको हक हितका लागि २०७८ सालमा स्थापना भएको कृषक समूहले  २४ लाख मुल्य बराबरको विविध कार्यक्रम स्थानिय र प्रादेशिक सरकारबाट सहयोग ल्याई उपभोक्ताहरुलाई सेवा  प्रदान  गरिसकेको छ ।

१ सदस्य २ गाई, आर्थिक सफल्ता सदस्यलाई भन्ने मुल नाराका साथ सञ्चालन  गरिएको संस्थामा ६५ जना सदस्य रहेका छन् ।

 थोरै सदस्यहरु भएतापनि कृषकका समस्यामा विविध कार्यक्रम गर्दै आएको समूहले ४२ थान बाख्रा वितरण,३० थान खोरहरु निर्माण ,१५ लाख मुल्य बराबरको (सिनिङ भ्याट ) दुध चिस्यान संञ्चालन लगायत किसाले भोग्नु परेको समस्याका सन्दर्भमा स्थानिय तहमा आवाज उठाउदै आएको छ । 

कार्यक्रमका प्रमुख अतिथी चकचकी गा.वि.सका पूर्वअध्यक्ष टेकप्रसाद आर्चायले व्यानर पढेर उद्घाटन गर्नु भएको कार्यक्रममा अध्यक्ष  मैनालीले सांगठनिक र कोषाध्यक्ष युवराज कडरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी चकचकी गा.वि.सका पूर्वअध्यक्ष टेकप्रसाद आर्चायले सबैले आफ्नो कमीकमजोरीलाई आत्मासाथ गरी फुटेर हैन जुटेर कृषकको हकहितमा काम गर्न आग्रह गर्नुभयो ।

उहाँले सबै मिलेर प्रयास गरेमा मात्रै आफ्ना आवश्यकताहरु पुरा गराउन सकिने बताउनु भयो ।

IMG_3273

उहाँले जमीनको अस्तित्वलाई बचाउन मलको रुपमा गोबर मलको प्रयोग गर्न आग्रह गर्नुभयो । घोडामारा मिश्रित कृषक समूहका अध्यक्ष यमकुमार मैनालीको अध्यक्षतामा आयोजित कार्यक्रममा  पाथिभरा गाईपालनफर्मका प्रो.दिनेश थापा, माता पाथिभरा गाई फर्मका प्रो. योगन्द्र खनाल, बाह्रदशी वडा नम्वर ५का वडा सदस्य जयप्रसाद तिम्सिना लगायतले शुभकामना दिनु भएको थियो । 

साधारण सभाले यमकुमार मैनालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

जसमा उपाध्यक्ष दुर्गा आर्चाय,सचिव रामप्रसाद सापकोटा,सह–सचिव लिला पौडेल,कोषध्यक्षमा रुद्रप्रसाद सेढाई, सह–कोषाध्यक्षमा युवराज कडरिया  चयन हुनु भएको छ ।

संस्थाले मासिक रुपमा ५० रुपैया संकलन गर्दै कृषकको हितमा सस्तो व्याजमा ऋण उपलव्ध गराउदै आएको छ ।

कोषाध्यको  आर्थिक प्रतिवेदन अनुसार  २०८१ सम्मा ५१ ह्जार २ सय ७६ रकम मध्ये १३ हजार ७ सय  उठ्न बाकी र ३७ हजार लगानी गरिएको जनाइएको छ । खातामा नगद २२ हजार ९ सय ७६ नगद पुजी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अध्यक्ष पदमा पुन दोहोरिनुभएका मैनालीले आफ्नो स्विकारोक्ति मन्तव्य राख्दै सबैलाई  समेटेर कृषकको व्यवसायिक हितका लागि आफुले काम गर्ने बताउनु भयो ।

IMG_3272

उहाँले  भारतले आफ्नो कृषकका लागि २ सय ६६ रुपैयामा रसायनिक मल उपलब्घ गराउने गरेको बताउदै 

 नेपालीहरुलाई नगद १ हजार तिर्दा पनि समयमा नपाउनु दुःखत कुरा रहेको बताउनु भयो ।

कार्यक्रममा बाह्रदशी वडा नम्वर ५ का  वडासदस्य  इच्छा बहादुर राई, राधिका भट्टराई,कृषक बजारु राजवंशी, कृषक राम प्रसाई,टंक बहादुर सिग्देल,छत्रबहादुर पौडेल, जेष्ठ नागरिक रिषिरा मैनाली लगायतको उपस्थिती रहेको थियो ।  

  कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद सापकोटाले गर्नु भएको थियो ।