विराटनगर । महानगरपालिका वडा नम्बर १६ मा बस्दै आउनु भएको कञ्चन शुब्बा स्तन क्यान्सर लागेर अहिले मृत्युको दोसाहासमा जीवन बिताइराख्नु भएको छ ।
बाबाको र दाजुको मृत्यु भएपछि कञ्चन शुब्बा आफैले रोजगार गरेर माइतमै आएर परिवारको हेरबिचार तथा पालन पोषण गदै आउनुभएको थियो ।
परिवारमा उहाँमात्र कमाउने हुनुहुन्थ्यो तर दुखको कुरा स्तन क्यान्सर जस्तो अत्यन्त डरलाग्दो रोग लागेपछि कञ्चन शुब्बाको परिवारमा ठूलो आँधीबेरी आएको छ ।
जुन रुखको शितल तापिन्छ त्यही रुख ढलेपपिछ बाटो हिड्ने बटुवाहरु बिचलित भए झै अब कञ्चन शुब्बाको परिवार अरुको आसको प्रतिक्षामा छ ।
बाच्न मन लाग्दा लाग्दै पनि पैसाको अभाले उपचार गर्न नपाइरहेकी कञ्चन शुब्बालाई मेची महाकाली बुहारी संयुक्त आवाजले केही रकम सहयोग गरेको हो ।
मेची महाकाली संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष यामु शर्मा शुब्बाको परिकल्पनामा स्थापना भएको मेची महाकाली संयुक्त आवाजले मासिक रुपमा १०० रुपैंया बचत अभियानबाट उठेको रकमलाई अति विपन्न र कमजोर आर्थिक स्थिती भएकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १६ भट्टी टोलमा बस्ने कञ्चन शुब्बालाई संकलित रकम हस्तान्तरण गर्दै केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले दिन दुखी लाई मद्वत गर्न पाउँदा आफुहरुलाई खुसी महसुज भएको बताउनु भयो ।















