दिपेन विश्वकर्मा,बर्ने  । चिया कमानमा कार्यरत २८० जना चिया मजदुरलाई आज बुद्धशान्ति गाउँपालिकाले गमबुट वितरण गरेको छ ।

उनीहरूलाई बगानमा काम गर्न सहजहोस भनी गमबुट वितरण गरिएको पालिका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए ।

पालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, ४ नम्बर वडा अध्यक्ष शेरबहादुर राय, वडा सदस्य तथा विभिन्न सामाजिक व्याक्तिहरुको उपस्थिति यो कार्य भएको थियो ।

गाउँपालिकाले आगामी दिनमा थप यहाँ र पालिकाका विभिन्न स्थानमा कार्यरत मजदुर वर्गको उत्थान, हितका कार्य निरन्तर संचालन गर्ने बताएको छ ।