देव बास्काेटा ।  सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ ।

सोमबार दिउँसो १ज ५५  नम्बरको जिप आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।


सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ ।

जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ  ।

घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

गम्भीर घाइतेहरुको उद्धार गरी  सुर्खेततर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।


घाइते हुनेमा ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी,  ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, २० वर्षीय मनिसा बोगटी,  ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी,  ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।