अशोक प्रसाई । बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनीका प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा तीन वर्ष अघि अक्षयकोष निर्माण गरि तेस्रो स्मृतिमसभा सम्पन्न गरेको छ ।
अमेरिकामा बसोबास गरेका छोरा बुहारी नन्दिकेशर नरेश र सरिता प्रसाईंले ५ लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गरेको थिए ।
प्रतिष्ठानको कार्यक्रममा बुवा आमालाई खुब माया गर्ने एक असल छोरी , बिर्तामोड ९ निवासी बिष्णु माया पाठकलाई नगद ५ हजार रुपैयाँ पुरस्कार बितरण गरिएको थियो ।
साथै समाजका अशक्त ब्यक्ती, क्यान्सर रोगी बिर्तामोड नगरपालिका ८ देवी मा .बि का शिक्षक ज्ञानुराम बुडाथोकीलाई नगत रू ५ हजार सहयोग गरिएको थियो ।
यसका साथै असल, अनुशासित र जेहेन्दार बिध्यार्थी दुर्गा मा. बि का लिला बुडाथोकी साथै बिर्तामोड नगरपालिका ७ का दृष्टिबिहिन सन्देश लिम्बू पनि जनहि रू ५००० र ५००० हजार नगत सहित पुरस्कार वितरण गरिएको थियो ।
बिर्तामोड नगरपालिका ७ रहेको जनता प्रवीका सबै छात्रा , छात्रलाई ३०० थान कपि साथै १५० थान पेन्सली पनि चैत २४ गते बितरण गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको उद्देश्य, माथि प्रकाश पार्दै अर्का साईला छोरा प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम प्रसाईंले प्रतिष्ठानले गरेका बिगत हालको काम ,कर्तव्य र वारे प्रस्ट पारेका थिए ।
संस्थाको भाइ बुहारीले अमेरिकाबाट पठाइदिएको ५ लाख पाँच हजार रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने उनको भनाई थियो ।
बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांग, असहाय, जेहेन्दार, गरिव, विपन्न तथा लक्षित वर्गका मानिसलाई पहिचान गरि सम्मान पुरस्कार एवम् राहत प्रदान गरिने प्रसाईंले बताए । रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानले , अक्षय कोषमा राखेको रकमबाट आउने ब्याजलाई समितिले पहिचान गरेर वार्षिक रूपमा कार्यक्रम गर्ने कार्यक्रममा जानकरी दिइयो ।
रूपनारायण–पवित्रा प्रसाई स्मृति प्रतिष्ठानका अध्यक्ष कमल सगौला अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विशिष्ट अथिती दुर्गा मा वी का प्रअ लक्ष्मण सिवाकोटी शिवाकोटी ,पुर्ण प्रसाद ओडारी आफ्नो धारण राख्नु भएको थियो ।
शिक्षक लक्ष्मण शिवाकोटीले धन नहुनेको मन हुन्छ तर मन हुनेको धन नहुन सक्छ भन्दै आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले शुरु गरेको काम सराहनीय भएको बताए ।
यस्तै अर्का वक्ता नरप्रसाद ढकालले कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना गरि यस प्रकारको काम गरिनु उहाँहरूप्रति सच्चा सम्मान र श्रद्धाञ्जली भएको जिकिर गरे।
यस प्रतिष्ठानका अक्षयकोष समितिका अध्यक्ष यसै प्रतिष्ठान माईला छोरा तुलसीराम प्रसाईले प्रतिष्ठानलाई मजवुत बनाउन ८ दाजुभाइ सबैले सहयोग गर्नु पर्ने नाता सम्बन्ध भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको सुनाए।
समाजमा अरू धेरै पैसा हुनेले गर्ने काम भन्दा यो काम धेरै ठुलो र प्रतिष्ठित रहेको बताए ।उहाँले अरबौ सम्पत्ति हुनेले भन्दा सोच परिवर्तन गरि सानै रकमले पनि समाजमा राम्रो काम गरेको बताए ।
यस प्रतिष्ठानको कार्यक्रम स्व स्रूपनारायण र पवित्रा प्रसाईंकै जन्तरेछोरा समाजसेवी नन्दकिशोर नरेश प्रसाईंले विष्णु लक्ष्मी समाजलाई नि स् शुल्क जग्गा दिएको भवनमा कार्यक्रम समापन भएको थियो ।














