भरत प्रसाई ,बिर्तामोड । गरिब विपन्नको साहारा बन्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले बिर्तामोड ७ मुसहर बस्तीमा बस्ने मागेर जीवन बताइरहेकी सुपिया श्रृषिदेवलाई लत्ता कपडासहित खाद्यान्य सहयोग गरेको छ । 

आफ्नो साहरा कोही नभएपछि मागेर जीवन यापन गर्दै कसैले बनाइदिएको छाप्रोमा पीडादायी रुपले जीवन बिताउन विवश छिन् ।Capture 1

कारोना सङक्रमणले मुलुक आक्रान्त पारेको बेलामा घरबाट कतै गएर मागी खान नसक्ने अवस्था भएपछि मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले उनलाई मासिक रुपमा खाद्यान्य सहयोग गर्दै आउनु भएको थियो ।

अहिले संस्थागत रुपमा सहयोग बढेकोमा काफ्लेले खुशी व्यक्त गर्नुभयो ।

उहाँले सानो सहयोगले कसैको जीवन बचाउन सहयोग पुग्ने भएकाले सम्पूर्ण सहयोगी मनहरुलाई एकै ठाउँमा जोडिएर आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्नु भएको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजले बालबालिका, महिला हिंसा र अशक्तका पक्षमा मुलुक भरि विभिन्न कार्यक्रम गर्दै आएको छ ।