प्रकाश बानियाँ । बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले अर्जुनधारा ६ स्थीत अपांग बाल शिक्षा सरोकार केन्द्रलाइ खाध्यान्न तथा ग्रोसरी समान बितरण गरेको छ ।

क्लबका प्रेसिडेन्ट मनोज बानियाँको जन्मदिनको अवसरमा उक्त सामान वितरण गरिएको क्लबका सह–कोषाध्यक्ष प्रेम खड्काले जानकारी दिनु भयो ।
क्लबका प्रेसिडेन्टमनोज बानियाँको अध्यक्षता तथा एरिया चिफ सत्यनारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा , बिशेष अतिथि रिजन चियरप्रसन निरज कुमार ओली तथा जोन चियरप्रसन घनश्याम चौधरी ले शुभकामना मन्तब्य राख्नु भयो ।
क्लबका प्रथम उपाध्यक्ष दुर्गा प्रसाद थपलियाले स्वागत गर्नभएको कार्यक्रमको संचालन क्लबका दोस्रो उपाध्यक्ष उपेन्द्र बानियाँले गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका तेसो उपाध्यक्ष , सचिब लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।














