भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको वृद्धिको बीचमा शुक्रवार (आज) सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्दै छन् ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै, स्वास्थ्य राज्यमन्त्री डा. भारती प्रवीण पवारले केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूलाई कोभिड–१९ सम्बन्धी दिशानिर्देशहरू जारी गरेको जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले कोभिडबारे सबै राज्यहरूसँग समीक्षा गर्नुभएको छ ।
आज स्वास्थ्य मन्त्री डा. मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्नेछन् ।’














