खोटाङबाट निर्वाचित कोशी प्रदेशका सांसद पाँचकर्ण राई पिकेलाई पहिचानबादी पक्षधरले नाराबाजी गर्दै कालोझण्डा देखाएका छन् ।
शनिबार
जिल्ला समन्वय समितिको हलमा चलिरहेको सातौ जिल्ला सभालाई अवरोध गर्दै कोशी प्रदेश
नामाकरणमा मतदान गर्ने सांसद राई विरुद्ध पहिचानबादीहरुले नाराबाजी गर्दै
कालोझण्डा देखाएका हुन् ।
कालोझण्डा र नाराबाजी गर्ने किरात राई यायोक्खाका अध्यक्ष
युगसन किरात, सह–कोषाध्यक्ष डार्विन चाम्लिङ, यायोक्खाका दिक्तेल रुपाकोट
मझुवागढी नगर कमिटी पूर्वउपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव सुनिल राईलाई
प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी धरपकड भइरहंदा पहिचानबादीहरुले किरात प्रदेश
जिन्दाबाद, पहिचनाबादी
जिन्दावाद, कोशी
प्रदेश मुर्दावाद, कोशी
प्रदेश खारेज गर लगायका नारा लगाएका थिए ।
सांसद राई जिल्ला समन्वय समितिको आग्रहमा अतिथिका लागि
दिक्तेल आएका थिए । उनी एमालेबाट निर्वाचित सांसद हुन् ।
किरात राई यायोक्खा जिल्ला
कार्य समितिले १८ चैतमा विस्तारित बैठक बसेर कोशी नामाकरणमा मतदान गर्ने सांसद, मन्त्रीलाई जिल्लामा अतिथिको
रुपमा नबोलाउन र नआउन चेतावानी दिईसकेको छ ।














