झापाको बिर्तामाड ८ मा रहेको प्रशान्ति एजुकेशन फाउण्डेशनले विपन्न र उपचार पहुँच नपुगेका अभिभावकलाई लक्षित गरि एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

विद्यालयले शिक्षाको पहुँचलाई मात्रै ध्यान नदिई स्वाथ्यका क्षेत्रमा समेत सेवा प्रदान गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको विद्यालयका कार्यक्रम संयोजक लेखनाथ सिग्देलले जानकारी दिनु भयो ।
बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग रहेको निशुल्क स्वास्थ्य शिविरमा ४ सय भन्दा बढीले सेवा लाभ लिएका थिए । बिर्तामोड ८ वरीपरी रहेका स्थानीयबासीको स्वास्थ्यका लागि स्वास्थ्य शिविर उपलब्धिमूलक बनेको विद्यालयका प्रधानाध्यापक रहमत अन्सारीले जानकारी दिनु भयो ।
स्थानीय तहबाट वडा लक्षित स्वास्थ्य शिविर पछिल्लो बर्षहरुमा हुन नसकेको बताउदै यस किसिमको स्वास्थ्य शिविरले विपन्न र उपचार लिन नसकेकाहरुलाई फाइदा पुग्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल थापाले बताउनु भयो ।
निश्वार्थ रुपमा स्वास्थ्य क्षेत्रमा योगदान दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा चार सय भन्दा बढीले लाभ लिएका थिए ।














