बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा सन्थाल जातीका महिलाहरूलाई अपमान, होच्याउने र जंगली युगको जाती भनेर उदाहरण दिएको भन्दै सन्थाल समुदायका सङ्घहरूले आपत्ती जनाएका छन् ।

नेपाल सन्थाल आदिवासी उत्थान संघ, रिलोमाला सन्थाली अखडा, नेपाल सन्थाल विकास संघ, नेपाल सन्थाल महिला उत्थान संघ, सन्थाल जाती उत्थान सेवा समाज र नेपाल आदिवासी जनजाति महासंघ झापाले संयुक्त रुपमा आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि विज्ञप्ति मार्फत आपत्ती जनाए हुन ।