बिर्तामोड   झापाको बिर्तामोड १ मा रहेको मनकामना क्याम्पसमा गठित मनकामना क्याम्पस साहित्यिक परिवारले भर्चुअल माध्यमबाट आठौँ स्थापना दिवस मनाएको छ ।

२०७२ सालमा संस्थापक अध्यक्ष सिएम ढुङ्गेल, सचिब सानु थपलियाको नेतृत्वमा गठित यस साहित्यिक समुहले कला र साहित्यमा कलम चलाउने उर्जाशिल प्रतिभालाई निर्खाने काम गर्दै आएको छ ।

विभिन्न समयमा कविता, निबन्ध र गजल प्रतियोगिता, लगायत साहित्यका विविध विधामा कार्यक्रम गर्दै आएको यस संस्थामा तीन कार्यकाल सम्म आइपुग्दा उर्जाशील क्षमतावान साहित्यकार प्रियङ्का उप्रेतीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । 

कलेजको परिक्षा लाई मध्यनजर गर्दै साहित्यिक परिवारले जुम र्भचुअर मिटिङ मार्फत आफ्नो ८ औँ बार्षिकोत्सव मनाएको हो ।Capture 6

संस्थाका सचिव भरत प्रसाईले स्वागत र ,कार्यक्रम औचित्यमाथी सम्पादन संयोजक प्रकाश संग्रौलाले प्रकाश पार्नु पारेको कार्यक्रम लाई संस्थाका सदस्य सुजन कठेतले सञ्चालन गर्नुृ भएको थियो ।

परिवारका अध्यक्ष प्रियंका उप्रेतीको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी मनकामना क्याम्पस साहित्यिक परिवारका संस्थापक अध्यक्ष सि.एम ढुङ्गेल रहेका थिए ।

मनकामना क्याम्पस साहित्यिक परिवारका पूर्व पदाधिकारीसहित ४० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा क्रमश गजल, गित, मुक्तक, कविता आदि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष ढुङ्गेल, पूर्व अध्यक्ष संगिता कोइराला, निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारी, संस्थापक सचिव सन्दिप थपलिया, निवर्तमान सचिव उमेश खतिवडा, कवि निरज दाहाल लगायतले आ–आफ्नो प्रतिभासहित शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ढुङ्गेलले मेरो नेतृत्वमा गठन भएको साहित्यिक परिवारले आज आठौँ स्थापना दिवस मनाउन पाउँदा अत्यन्त खुसी लागेको बताएका थिए ।